• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

म्याड्रिडको चुनावमा पराजित भएपछि पाब्लो इग्लेसियासद्दारा राजनीति त्यागको घोषणा

Byspainnepal

May 5, 2021

पुर्व उपप्रधानमन्त्री तथा लेफेटिस्ट पार्टी युनिदाद पोडेमोसको नेता पाब्लो इग्लेसियासले राजनीति परित्याग गर्ने घोषणा गरेका छन् । मंगलबार भएको म्याड्रिडको क्षेत्रीय चुनावमा पराजित भएपछि उनले यस्तो घोषणा गरेका हुन् । म्याड्रिडको चुनावी अभियानका लागि ने बर्तमान संयुक्त सरकारको उपप्रधानमन्त्रीबाट राजिनामा गरेर लागेका थिए । तर उनको पार्टीले जम्मा १० सिट मात्रै ल्याएको छ । यो १३६ सिटमा ७ दशमलव २१ प्रतिसत मात्रै हो । म्याड्रिडको चुनावमा केन्द्रिय प्रतिपक्षी दल पपुलर पार्टीले सवैभन्दा धेरै ६५ सिट ल्याएको छ भने क्षेत्रीय पार्टी मास म्याड्रिड र केन्द्रीय सत्तारुढ पार्टी पेसोइले २४ सिट ल्याएका छन् । भोक्स पार्टीले १३ सिट ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *