• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

कोरोनाको भारतीय भेरियन्ट स्पेनमा भित्रियो, कुनकुन ठाँउमा देखियो ?

Byspainnepal

May 5, 2021


भारतमा अहिले तवाही मच्चाइरहेको कोरोना भाइरसको बी.१.६१७ नाम दिइएको नयाँ भेरियन्ट स्पेनमा पनि भेटिएको छ । कोरोनाको उक्त भारतीय भेरियन्ट स्पेनमा अहिलेसम्म १० वटा केस प्रमाणित भैसकेको छ भने विभिन्न ठाँउमा देखिएका अरु २० वटा केसमा अनुसन्धान भैरहेको स्पेनको स्वास्थ्य अधिकारीले बताएका छन् । स्पेनमा पहिलो केस गालिसियाको भिगो सिटीमा प्रमाणित भएको छ । उक्त स्थानमा आएको एसियन कुज मेम्वर रहेको सिगांपुरको झण्डा बहाक जहाजमा एक् हप्ता अगाडी देखिएको थियो । उक्त जहाजका ७ जना क्रुज मेम्वरमा भाइरसको इण्डियन भेरियन्ट देखिएको छ । १८ जना रहेको उक्त जहाजको सवैलाई क्वारेन्टाइनमा राखिएको छ । यस्तै स्पेनको एकत्रेमादुरामा एकजना मास्र्टस बिद्यार्थीमा यो भेरियन्ट देखिएको छ । उनी म्याड्रिडमा भारतीय बिद्यार्थीसँग काम गरेको बताइएको छ । यस्तै यो भेरियन्टको २ वटा केस कातालुनियामा देखिएको स्वास्थ्य अधिकारीले पुष्टि गरेको द लोकलले लेखेको छ । यस्तै उक्त भेरियन्टको लक्षणसँग मिल्दो देखिएका बिल्बाओमा ३ , भ्यालेन्सियामा १३ र कानरी आइल्याण्डमा ४ वटा केसको बारेमा थप अध्ययन भैरहेको जनाइएको छ ।
भारतमा दैनिक ३ लाख भन्दा धेरैमा संक्रमण भैरहेको छ भने दैनिक ३ हजार भन्दा धेरैको मृत्यु ज्यान गैरहेको छ । भारत लगायतका दक्षिण एसियाली देशहरुमा फैलिरहेको यो इन्डियन भेरियन्ट अहिले विश्वका १७ वटा देशमा पुगिसकेको छ ।

अहिले स्पेनका देखिएको कोरोनाको संक्रमणमा ९४ प्रतिसत युके भेरियन्ट देखिएको छ । अब इन्डियन भेरियन्ट पनि देखिएपछि चुनौती थपिएको छ । स्पेनले भारतबाट आउने उडानमा कडाइ गर्दै अनिवार्य क्वारेन्टाइनको नियम लागु गरिसकेको छ । स्पेनमा अहिलेसम्म ७८ हजार ५ सय ६६ जनाको कोरोना भाइरसरको कारणले ज्यान गैसकेको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ६ हजार ३१७ जनालाई संक्रमण भएको छ भने १ सय ६७ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *