• Wed. May 8th, 2024

SPAIN NEPAL COM

भारतको उत्तराखण्डमा भिषण हिमपहिरोमा ७ को मृत्यु, १ सय २५ जना वेपत्ता

Byspainnepal

Feb 7, 2021


उत्तराखण्डको चमोली जिल्लाको हिमाली क्षेत्रमा आइतबार बिहान गएको हिमपहिरो र धौलीगंगा नदीको बाढीमा १२५ जना बेपत्ता भएका छन भने ७ जनाको सव भेटिएको छ ।

भारतीय सन्चारमाध्यमहरुका अनुसार उत्तराखण्डको जोशी मठक्षेत्रस्थित हिमाली क्षेत्रमा बिहान करिब दस बजेको आसपासमा हिमपहिरो गएको थियो । त्यसपछि धौलीगंगा नदीमा आएको बाढीले चमोली जिल्लाको राइना गाउँस्थित ऋषिगंगा जलविद्युत परियोजना र बाँधमा क्षति पुग्नुका साथै त्यहाँ कार्यरत १२५ बढी कर्मचारी बेपत्ता भएका छन । बाढीका कारण दुईवटा जलविद्युत परियोजना र बाँधमा क्षति पुगेको छ । सबैभन्दा बढी क्षति निर्माणाधीन ऋषिगंगा जलविद्युत परियोजनामा भएको छ । त्यसैगरी सञ्चालनमा रहेको धौलिगंगामा जलविद्युत परियोजनामा पनि क्षति पुगेको छ । उत्तराखण्ड चमोली र आसपासको क्षेत्रमा पश्चिम नेपालबाट हजारौंको संख्यामा नेपालीहरुका रोजगारीका लागि जाने गर्छन । पछिल्लो घटनामा नेपालीहरुसमेत परेको आंशका गरिए पनि पुष्टि भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *