• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

बाराक ओबामाले तेन्जिङ शेर्पाबारे चलचित्र बनाउने

Byspainnepal

Feb 7, 2021
SAS Inauguration of SAS Trans-Asian Express, From left: Nime Norgay, daughter of Sherpa Tenzing Norgay, Prince Bertil and Sherpa Tenzing Norgay in Stockholm, November 1967.


अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र मिसेल ओबामाको प्रोडक्सन कम्पनी ‘हाइअर ग्राण्ड प्रोडक्सन’ले नेटफ्लिक्सका लागि पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको बारेमा चलचित्र बनाउने भएका छन् । नेटफ्लिक्ससँगको सहकार्यमा ओबामाको प्रोडक्सन कम्पनीले उक्त चलचित्र निर्माण गर्न लागेको नेटफ्लिक्सले जनाएको छ ।यो चलचित्रको स्क्रिप्ट एड डग्लसको पुस्तक ‘तेन्जिङ, हिरो अफ एभरेस्ट’ मा आधारित रहने जनाइएको छ । यसको निर्देशन जेनिफर पिडमले गर्ने जनाइएको छ ।

उक्त चलचित्रको नाम तेन्जिङ हुने जनाइएको छ । तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका आरोही एडमन्ड हिलारीले सन् १९५३ मे २९ मा पहिलो पटक एकसाथ सगरमाथाको सफल आरोहण गरेका थिए।सोलुखुम्बुमा सन् १९१४ मे २९ मा जन्मिएका तेन्जिङले ३९ वर्षको उमेरमा सगरमाथाको आरोहण गरेका हुन्। उनले १९ वर्षकै उमेरदेखि आरोहण शुरु गरेका थिए। उनको ७१ वर्षको उमेरमा सन् १९८६ मे ९ मा भारतको दार्जिलिङमा मृत्यु भएको थियो।तेन्जिङ नोर्गे शेर्पा सोलुखुम्बुको थामे भन्ने ठाउँमा जन्मेका हुन्। उनी बाबुआमाका तेह्र सन्तानमध्ये एघारौं थिए । हिमाली छायाका चरनहरूमा याक डुलाउँदै उनको बाल्यकाल बितेको थियो। अठार वर्षको उमेरमा तेन्जिङ दार्जिलिङ हिँडेका थिए। दार्जिलिङमा मजदुर भएर उनले बीस वसन्त काटेका थिए।हिमाल आरोहणबाट फर्केपछि तेन्जिङले दार्जिलिङस्थित हिमालयन माउन्टेनियरिङ इन्स्टिच्युट नामक संस्थाको फिल्ड टे«निङ निर्देशक भएर काम गरेका थिए। यो भूमिका उनलाई भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुले दिलाएका थिए । सन् १९५४ देखि सन् १९७६ सम्म त्यहाँ काम गर्दा उनले कैयौंलाई आरोहण तालिम दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *