• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

बिप्लव समुहद्वारा वार्ता टोलि गठन

Byspainnepal

Mar 2, 2021


सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टाेली बनाएकाे केही समयपछि नै नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाले पनि वार्ता टाेलीको घाेषणा गरेकाे छ ।

खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा विप्लवले आफूपक्षीय टाेली गठन गरेका हुन् । दुई सदस्यीय टोलीमा प्रकाण्डसँगै उदयबहादुर चलाउने ‘दिपक’ रहेका छन् ।

सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न टोली गठन गरेको केही समयपछि विप्लवले पनि टोली गठन गरेका हुन् ।

मंगलबार नै सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्नका लागि बादलको संयोजकत्वमा टोली बनाएको थियो ।

मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सो दलमाथि लागेको प्रतिबन्ध हटाउने वा नहटाउने भन्ने विषय वार्ताबाटै टुङ्गिने बताएका छन् ।

‘उहाँहरुलाई लागेका मुद्दाहरु, हतियार बुझाउने कुराहरू, उहाँहरूसँग सम्बन्धित कुराहरूबारे छलफलका लागि नै वार्ता टोली गठन गरिएको हो । वार्ताभन्दा अगाडि नै सबै कुरा गरियो भने वार्ताको औचित्य नै समाप्त हुन्छ । त्यसैले वार्ताबाट नै समस्या समाधान गर्ने भनेर हामीले प्रेस विज्ञप्तिमा नै उल्लेख गरेका छौँ । वार्ताबाट नै सबै समस्याको समाधानका लागि नै वार्ता टोली गठन गरिएको हो‚’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *