• Sat. May 4th, 2024

SPAIN NEPAL COM

नेपालमा खोप अभियान शुरु, तीन महिनामा सबै नेपालीले पाउने प्रधानमन्त्रिको भनाइ

Byspainnepal

Jan 27, 2021


काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान देशभर सुरु भएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप लगाउन सुरु गरिएको छ ।
काठमाडौंमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, भक्तपुर अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुर, काठमाडौं मेडिकल कलेज जोरपाटी, सशस्त्र प्रहरी अस्पताल बलम्बु, शहीद गंगालाल अस्पताल बाँसबारीका स्वास्थ्यकर्मीले खोप लगाएका छन् ।

बुधबार १२ हजार व्यक्तिले खोप लगाउने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो । पहिलो चरणको अभियान १० दिनभित्र सम्पन्न हुने छ । टेकु अस्पतालका निर्देशक सागरराज भण्डारीले पहिलो खोप लगाउनुभयो । पहिलो डोज खोप लगाउनेहरुले आफूहरुको स्वास्थ्यमा कुनै असर नदेखिएको भन्दै निश्चिन्त भएर खोप लगाउन सबैलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइसक्ने बताउनुभएको छ।

बालुवाटारस्थित निवासमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबैलाई निशुल्क खोप उपलब्ध गराउने बताउनुभयो । खोप उपलब्ध गराएकोमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *