• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

टुँडिखेलमा यसरी मनाइयो सेना दिवस (फोटो फिचर)

Byspainnepal

Mar 11, 2021

काठमाडौं । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा टुँडिखेलस्थित सैनिक मञ्‍चमा विशेष कार्यक्रमहरुको आयोजना गरी ‘महाशिवरात्री तथा सेना दिवस – २०७७’ मनाइएको छ ।

सेना दिवसको अवसरमा राष्ट्रपति भण्डारीले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गर्दै वीर सहिदहरुप्रति श्रद्धान्जली अर्पण गरेकी थिइन् । नेपाली सेनाले राष्ट्रपतिको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो ।

सेना दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरद्वारा ‘महाशिवरात्री तथा सेना दिवस -२०७७’अंकित व्यानर प्रदर्शन तथा पुष्पबृष्टी गरिएपछि षट्कोण फर्मेशन तथा नेपालको राष्ट्रिय झण्डाको आकृति समेत निर्माण गरी राइफल र तोपबाट महाशिवरात्रीको बढाइँ गरिएको थियो ।

हेलिकप्टरमार्फत उद्धारसम्बन्धी विशेष कलाको प्रदर्शन, मार्च पाष्ट, खुकुरी नृत्य, आइकिडो, कराँते खेल, विकास निर्माण, नेपाली सैनिक व्याण्ड, विपद् व्यवस्थापन तथा प्रकृति संरक्षण सम्बन्धी विभिन्‍न हात/हतियार, भेहिकल तथा उपकरणहरुको प्रदर्शन, विशेष फौज बाहिनीबाट फ्रि-फल जम्प लगायत विभिन्न प्रदेशका संस्कृती झल्कने नाच एवं गतिविधि समेतको प्रदर्शन गरिएको थियो ।

सो समारोहमा सम्माननिय राष्ट्रपतिज्युबाट “नेपाल एकिकरणको ईतिहास (१८०१-१८७२)”, “नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलको परिचय” र “सिपाही बार्षिक-२०७७” को विमोचन गर्नुको साथै फ्रि-फल जम्पमा प्रथम र द्वितिय हुने सैनिकहरुलाई पुरस्कार समेत वितरण गरेकी थिइन् ।

तस्बिरहरु प्रधानमन्त्रीको सचिवालयबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *