• Wed. Apr 24th, 2024

SPAIN NEPAL COM

नयाँ उचाइ कायमपछि पहिलोपटक सगरमाथा आरोहण खुला, ३०० भन्दा बढीले आरोहण गर्ने

Byspainnepal

Mar 11, 2021

विश्‍वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर कायम भएपछि पहिलो पटक सगरमाथा आरोहण खुला भएको छ । यसअघि सगरमाथाको उचाइ ८,८४४.३३ मिटर रहेको बताइए पनि यस वर्ष गरिएको नेपाल-चीनको मापन अनुसार उचाइ ८,८४८.८६ मिटर भएको घोषणा गरिएको थियो ।
गत वर्ष कोरोना महामारीका कारण सगरमाथा आरोहण बन्द गरिएको थियो । एक वर्षपछि पहिलोपटक सगरमाथा आरोहण खुला गरिएको हो । यस वर्ष करिब ३०० भन्दा बढी विदेशी आरोहीहरुले सगरमाथा आरोहण गर्ने अपेक्षा गरिएको छ ।
पर्यटन विभागको पर्वतारोहण शाखाका निर्देशक मिरा आचार्यका अनुसार अप्रिलदेखि यो वर्षको सगमाथा आरोहण खुला गरिएको हो । सन् २०१९ मा करिब ३८१ जनाले सगरमाथा आरोहण गरेका थिए ।
आचार्यले भनिन्, “यस वर्ष सगरमाथा आरोहणका लागि आउने विदेशीहरुले एक हप्ता क्‍वारेन्टाइनमा बस्‍नुपर्नेछ । त्यसैगरि उहाँहरुलाई आफूलाई कोरोना संक्रमण नेगेटिभ भएको रिपोर्टसमेत देखाउनुपर्छ ।
गत वर्ष कोरोना महामारि नियन्त्रण गर्ने भन्दै मार्चमा सगरमाथा आरोहण बन्द गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *