• Sat. Apr 27th, 2024

SPAIN NEPAL COM

आमा छोराको गन्थन् -सरला सापकोटा

Byspainnepal

Jan 1, 2021

मार्चदेखि सुरु भएको एक प्रकारको बन्दा बन्दी जीवनमा केहि हप्ताहरु काम र किनमेल लगायत अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन नसक्ने थिए,त्यसपछि उमेर समुह अनु सार र सेप्टेम्बर पछि नियमित बिध्यालयहरू खुले। यो समय सुरुका समय घरभित्र नै रहँदा समय प्रसस्त भयो बिशेषत खानाको लागि,यहि समय साच्चै छाक टार्न समस्या नहुनेहरुलाई पहिलेको समय फर्के झैं पनि भयो /स्वस्थ घरमै बनेका परिकार पाक्दा र खान पाउँदा यो नौ महिनामा नेपाल लगायत विश्वमा केहि घटना घटे। यहि घटनाक्रम आजकाल इन्टर्नेट जसले हामीलाइ परीचित गराइदिन्छ-यसमा हाम्रा बालबालिकाहरु हामीले सोचेभन्दा बढी जानकार छन्! यो १४ बर्षे किशोर जो एक घर भित्र र घर बाहिरको दुइ भिन्नाभिन्नै संसारको लागि आउँदा बर्षहरुका लागि परिपक्व हुनु छ। आजकल यिनीहरुको शैक्षिक पद्दति ,प्रबिधी र युद्धले आक्रान्त बनाएको युरोपका ती भोग्नेहरुका पनाती/जनाती पुस्ता जसले घरबाट शिक्षा ल्याएका छन्,जहाॅको समग्र समाजबाट सिकिरहेका यिनीहरु भित्रको भण्डारमा हाम्रो पुर्बेली चिन्तन जहाँ उमेर बढेसंगै जिम्मेवारी बढ्छ-कुरा गर्दा संस्कारको टक्कर पनि पर्छ।यिनै टक्कर,माया,छलफल र घरी झगडा झैं हुने यो फुच्चेसंगका केहि गन्थनहरु (यो फुच्चेले एक पुरुष पात्रको पनि प्रतिनिधित्व गर्छ त आमाले महिलाको) १,घर भित्रको काम र अर्थ–यो समयमा प्रसस्त समयले घरको खाना खान पाउँदा परिवार खुसी रह्यो/हामीलाई घर सफासुग्घर परिवारमा हाँसीखुसी,सामानहरु लठबद्र नछरिएको आहा भन्ने घर मन पर्छ/मिठो खाना अनि राम्रो लगाउन तर यहासम्म बन्नको पूर्बाधारको शिक्षा पुर्ण हासिल हुन नसकेको आभास हुन्छ,घरभित्र खाना बनाउने,भाडा माझ्ने,शौचालय सरसफाई गर्दा हुने कार्यभार र आबश्यक खानेकुरा सामाग्री तथा अन्य खर्च कसरी भइरहेको छ भन्ने महसुस गरेर सहयोगको भावना कम हुदा मान्छेलाई आफुलाई जहाँसुकै सहज बनाउन अफ्ठ्यारो परेको छ,त्यहि ब्यक्ति बाहिरी जीवनमा सफल होला सर्टिफिकेट र ओहदाको उचाइमा होला/ त्यसैले धेरै जोडिहरु बिछोडमा पुग्छन् अझै सन्तान जन्मिसकेपछिको बिछोडले बालबालिकाहरु र परिवारमा अस्थिरताको परिणाम बर्षौसम्म रहन्छ। त्यसैले एक महिलाले के चाहन्छन् र अझै आउदो पुस्ता एक छोरो/पुरुषको लागि र संसारका जुनसुकै ठाउँमा नपुगेपनि त्यो परिस्थितिमात्र आफुलाई सहज बनाउनकै लागि सकेको सुझाउने कोशिश गर्दै छु। २,नवराज बि•क•हत्या काण्ड र अमेरिकामा काला रङका युवाको हत्या-घटना उस्तै उस्तै थिए र जसले मानब मानब बिचको भिन्न बर्ग निर्माण गर्यो त्यो गलत थियो जसले गर्दै हत्या हिंसा मात्र नभई जात र रंगकै कारण मायाँ गरेको संग बिबाह नभइ अरूसंग बेखुसी जीवन,सामाजिक बिबादहरु श्रृजना भएको अहिले यु ट्युबमा बग्रेल्ती छरपष्ट हुदैछन्/यहि समयमा केहि ब्यक्तिहरुको जीवनको बारेमा केहि बुझ्ने मौका पनि पाइयो-अनिल परियार र आकृति लम्सालको बिबाह एक सशक्त उदाहरण हो। यस्तै शिब परियार,रिमा बिश्वकर्मा,अमेरिकाका पुर्ब राष्ट्रपति ओबामा उदाहरण हुनसक्छन्। यि पात्रहरुको बैबाहिक,पेशागत,नेतृत्व क्षमता को पछाडीको मेहनत लगाब र परिपक्वताले रङ र जातका घेराहरुलाई कमजोर बनाएको छ-सामाजिक संजाल र समाचारहरुमा यस्ता पक्षलाई दरिलो प्रस्तुती गरि समग्र समाजलाई महसुस गराउन सकेमा पछिल्लो पुस्ताका सम्पुर्ण मानबले मात्र मानबको महसुस गर्न सक्नेछन् । यसैले मेहनत र राम्रो बानीले यि घेराहरु जो सुकैले तोड्न सक्छन् भन्ने बिश्वास र मानसिक तयारी गराउनु पर्छ यि युबा किशोरीहरूलाई ।त्यस्तै यहि समय तराईको गरीब परिवार जन्मेका सन्तोष शाह जसले ढाका टोपीमा इङ्ल्यान्डको माष्टर चेफबाट दिएको राष्ट्रिय चिनारी अर्को मेहनतको पछाडि बिश्व झुक्छ भन्ने उदाहरण हो!

(मेरा गन्थनहरु हरेक दिन निरन्तरता दिदै छु-कति बाबु आमा समाजका लागि चिन्तित उदाहरणिय हुँदाहुँदै पनि आफ्नै परिवारमा कता के नबुझेको हुन जान्छ त्यसैले हाम्रो साझा प्रयास र झिना मसिना मानिने घर ब्यबहारका बिषयको साझा छलफल हुनुपर्छ) साच्चै अहिले लाग्छ जीवन घर भित्र र घर बाहिर दुइ थरी रहेछ। यी दुबैलाई खुसीपुर्ण लैजान अर्कोलाई परेको भारमा सहयोग र मनको संयोजन रहेछ। नत्र त मान्छे अरबौंको महलमा पनि खुसी छैन। हाम्रा ब्यक्तिगत,पारिवारिक,सामाजिक कृयाकलापमा एक अर्कामा बुझाई र सम्मान तथा आफु जहाँ छौं त्यसको निर्माणमा इटा बन्ने आफ्नो प्रयास भएमा आखिर त्यहि इटाबाट निर्माण भएको छतले कुनै समय ओत प्रदान गर्नेछ। अन्तमा यहाहरुको पत्रकारिता साच्चै समाजमा लुकेका र अगाडी ल्याउनुपर्नेलाई ज्योती बनोस्!पत्रकारिताको सशक्त शक्ति समाजको सकारात्मक परिवर्तनका लागि बनोस् !! हार्दिक शुभकामना २०२१को साथै केहि शब्दहरुको स्थान दिनुभएकोमा हार्दिक धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *