• Thu. Apr 18th, 2024

SPAIN NEPAL COM

अनलाइन शुभारम्भको अवसरमा प्रकाशक रितेश श्रेष्ठको भनाई

Byspainnepal

Jan 1, 2021

सम्पुर्ण महानुभावहरुमा नमस्कार । सर्वप्रथम त स्पेननेपाल डटकम को शुभारम्भको अबसर हामीलाई विभिन्न माध्यमबाट शुभकामना दिनुहुने सवैलाई धन्यवाद दिन चाहान्छु । प्रवास बसाईको करिब २ दशकको अवधिमा मैले गर्न खोजेको, गर्न प्रयास पनि गरेको र निरन्तरता दिन नसकेको यो एउटा काम लाई आज निरन्तरता दिन पाउदा धेरै खुसी लागेको छ । पत्रकारिता र अनलाईन मिडिया मेरो आफ्नै पनि ब्यक्तिगत रुचिको विषय हो । तर प्रवासमा कामको ब्यस्तता र अनुभवी साथीहरुको अभावमा मैले चाहेर पनि यसलाई शुरुवात गर्न सकेको थिइन । तर अहिले समय क्रममा कमल पराजुलीजीसंग भेट हुन पुग्यो । उहाँ नेपाल मै लामो समय ब्यवसायिक रुपमा पत्रकारिता गरेर आउनु भएको हो र उहाँ संग यसको अनुभव पनि छ । त्यसले अहिले हामीले यो नै उपयुक्त समय हो भनेर यसलाई शुरुवात गरेका छौ । प्रवासमा रहेर प्रवासी नेपालीलाई नै सुचित बनाउने यो हाम्रो महान अभियान हो । यो अभियानमा हामी २ जना प्राविधिक रुपमा देखिएका मात्रै हौ यस अभियान हामी सवै अभियान्ता हौ भन्ने कुरा मनमा राखिदिनुहुन म सवैमा अनुरोध गर्दछु । यहाँहरु सवैको सहयोगले नै हाम्रो यो प्रयास सफल हुनेछ । हामीले यसलाई कसै पक्षमा वा कसैको विपक्षमा लैजानै छैनौ । यसलाई निश्पक्ष रुपमा सवैको आवाज र हामी सवै गतिविधी अटाउने साझा थलो बनाउने छौ । यस विषयमा कसैले पनि शंका नगर्दा हुन्छ । जुन कुरा हामी पछि हाम्रो काम र ब्यवहारले पनि देखाउँदै जानेछौ

हामीले यसमा समाचार को साथमा हामीलाई चाहिने धेरै कुराहरु एकै ठाँउमा समावेश गरेका छन । हामीलाई चाहिने महत्वपुर्ण लिन्कहरु र हाम्रा संघसस्थाका गतिविधीहरुका साथमा मनोरञ्जनका लिन्कहरु तथा अन्य महत्वपुर्ण कार्यक्रम, सिनेमा, अन्र्तवार्ताका लिन्कहरु यसमा समावेश गरेका छौ । समग्रमा यसभित्र छिरेपछि तपाईले खोजेका धेरै कुरा पाउँनुहुनेछ । र हामीले प्रवासमा रहेका प्रगति गरेका ब्यक्तिहरु र उनीहरुको ब्यवसायको बारेमा जानकारी राख्न छुट्टै स्थान बनाएका छौ । यो हामी सवैका लागि उपयोगी छ ।

अहिलेको समय नै अनलाईन मिडिया र सामाजिक सञ्जालको नै हो । हामीले लिने हरेक सूचनाको स्रोत यिनै हुन । जुन कुरा हाम्रो हातमा रहेको यो सानो मोवाईल मै छ । त्यसैले हामी पनि समयसंगै अगाडी बढ्नका लागि प्रविधिसंग नजिक हुने र त्यसलाई सहि तरिकाले प्रयोग गर्ने विषयमा सकारात्मक हुनुपर्छ । हाम्रा बालबालिकालाई यसको सहि प्रयोगलाई जोड दिनुपर्छ ।

अन्त्यमा यस स्पेननेपाल डटकमको सफलताको लागि विभिन्न माध्यमहरुबाट हामीलाई शुभकामना दिनुहुने सवैमा म धन्यवाद ब्यक्त गर्न चाहन्छु । र आगामी दिनमा पनि यो साथ र सहयोगको अपेक्षा गर्दछु । धन्यवाद ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *