• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

अमेरिकाको न्यूयोर्कमा बाढी घर भित्रै पसेपछि एकै परिवारका ३ नेपालीको निधन

Byspainnepal

Sep 3, 2021

सतीश चापागाईं

बाल्टिमोर, अमेरिका

अमेरिकाको न्यूयोर्कमा आएको आइडा नामक आँधी र भिषण बर्षाको कारण एकै परिवारका ३ जना नेपालीको दुखद निधन भएको छ । ६ वटा राज्यमा भिषण बर्षापछिको बाढी र घुम्रपात (टोर्नेडो) ले अमेरिकामा हालसम्म ४५ जनाको मृत्यु भै सकेको अमेरिकी संचार माध्यमले यहाँका सरकारी निकायलाई हवाला दिदै लेखेका छन्। जसमध्ये न्यू जर्सीमा मात्र २३ जनाको निधन भएको जनाईएको छ।

निधन हुने तीनजना नेपालीमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशी, हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र उहाँहरुको १९ महिनाको छोरा लोप्साङ लामा रहेका छन ।

लामा परिवार न्युयोर्कको क्विन्सस्थित उडसाइड स्थित सिक्सटि फोर स्ट्रीट फोरको बेस मेन्टमा बस्दै आएका थिए । आङ गेलु लामा विगत १४ बर्षदेखिन न्युयोर्कमा बसोबास गदै आइरहेका थिए ।

“न्युयोर्कमा कल्पानै नगरेको त्यो घटनामा हाम्रो परिवारको सदस्य गुमाउनु पर्दा निकै दुख लागीरहेको छ”, आङ गेलु लामाका दाई लातेन लामाले संचार माध्यमलाई बताए । लातेन र उनको दाई दोमे लामा दिवंगत भाईको परिवारको लागी धार्मिक कार्यमा जुटिरहेका छन्।

आफनो समुदायको एकै परिवारको ३ जनाको ज्यान गएको अकल्पनिय घटनाले निकै दुखित तुल्याएको शेर्पा किदुगको अध्यक्ष छिरिङ शेर्पाले बताए । मृतक लामाको परिवारको दुखद निधनप्रति शेर्पा किदुगले हार्दिक श्रद्दाञ्जलीसंगै उहाको परिवारलाई चाहिने आवश्याक सहयोग गर्ने अध्यक्ष शेर्पाले बताएको न्यु योर्कबाट संचालित एभरेष्टटाईम्स न्युजले समाचारमा लेखेको छ ।

नेपाल आदिवासी जवजाती महासंघ अमेरीका ( फिप्ना) का अध्यक्ष लोक चेम्जोङ्गले पनि फेसबुकमा दुख ब्यक्त गरेका छन्।

चेम्जोङ्गले लेखेका छन्, ” नेपाल पुर्खौली घर सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशीका भई हाल न्युयोर्कको उडसाईटमा बसोबास गर्दै आउनु भएको आङ गेलु लामा , उहाँका श्रीमती मिङमार शेर्पा र उहाँहरुको १९ महिनाको छोरा लोप्साङ लामा न्युयोर्कमा भएको बाढी र बर्षातले सपरिवारको असामयिक निधन भएको खबरले मर्माहत बनाएको छ। यस दुखत घडीमा दिवांगत आत्माहरुको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजन प्रति धैर्यधारण गर्नै शक्ती भगवानले प्रदान गरून । हार्दिक श्रदान्जली व्यक्त गर्दछौ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *