• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

अख्तियारमा राइले सम्हाले कार्यभार, उपराष्ट्रपति र सभामुख सपथमा आएनन्

Byspainnepal

Feb 3, 2021

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले कार्यभार सम्हालेका छन् ।

राष्ट्रपति कार्यालय, शितलनिवासमा सपथ ग्रहण गरेलगत्तै टंगालस्थित कार्यालयमा आएर उनले कार्यभार सम्हालेका हुन् । राईसँगै आयुक्त किशोरकुमार सिलवाल र जयबहादुर चन्दले पनि कार्यभार सम्हालेका छन् ।
संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई र सदस्यहरुमा किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई नियुक्त गरेकी हुन् ।

यस्तै निर्वाचन आयोगको आयुक्तमा रामप्रसाद भण्डारी र डा. जनकुमारी तुलाधर नियुक्त भएका छन् । राष्ट्रिय मानवअधिकार आयोष्को अध्यक्षमा तपबहादुर मगर र सदस्यहरुमा सूर्यप्रसाद शर्मा ढुंगेल, मिहिर ठाकुर, मनोज दुवाडी र लीली हजुर बस्न्यात नियुक्त भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संवैधानिक आयोगका पदाधिकारीको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति र सभामुख अनुपस्थित भएका छन् । बिहान शीतल निवासमा भएको समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा उपस्थित नभएका हुन् ।

नेकपा विभाजनको असर शीतल निवासमा आयोजित शपथ समारोहमा पनि देखिएको हो । उपराष्ट्रपति पुन र सभामुख सापकोटा प्रचण्ड-नेपाल समूहनिकट हुन् ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना लगायत उपस्थित थिए ।

सभामुख सापकोटाले निर्णय प्रक्रियामै असहमति जनाउँदै यसअघि संसदीय सुनुवाईका लागि सरकारले पठाएको सक्कल प्रति नै फिर्ता पठाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *