• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

दक्षिण अफ्रिका र ब्राजिलबाट स्पेन आगमनमा कडाई

Byspainnepal

Feb 2, 2021

स्पेन, २ फेब्रुअरी / स्पेनले ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने आगमनमा कडाई गरेको छ । ति देशहरुमा देखिएको कोरोना भाइरसको नयाँ स्वरुपबाट बच्न बुधवारबाट लागु हुने गरी ति देशबाट हुने उडानमा कडाई गरेको छ । अब ति देशबाट स्पेनको नागरिक तथा स्पेनमा बस्ने बाहेकका ब्यक्ति आउन पाउँने छैनन् । यस्तै बढिमा २४ घण्टाको एअरपोर्ट ट्रान्जिट रहेका ब्यक्ति आउन पाउनेछन तर तिनीहरु ट्रान्जिट क्षेत्र भन्दा बाहिर जान पाउने छैनन् । स्पेन कोरोना भाइरसको तेस्रो लहरमा थप प्रभावित भएको छ । स्पेनको लागिसिया क्षेत्रमा एकै दिन ४० जनाको मृत्यु भएको छ जुन महामारी शुरु भएदेखिकै धेरै हो यस्तै आन्डुलुसियामा पनि अहिलेसम्मकै धेरै एकै दिन १०७ जनाको ज्यान गएको छ । आलिकान्तेमा १ लाख जनामा २६ सय संक्रमित छन भने पुरा भ्यालेन्सियामा १ लाखमा साडे १३ सय संक्रमित छन यो पुरै देशको आकाडामा तीन गुणा धेरै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *