स्पेन, ८ जनवरी – स्पेनमा कोरोना सङ्क्रमण २० लाख पुगेको छ । यो दुई दिनमा ४२ हजार भन्दा धेरैलाई कोरोना सङ्क्रमण भएको छ । आआइसियु मा भर्ना हुनेको सन्ख्या पनि बढेको छ । मृत्यु हुनेको सन्ख्या ५१ हजार कटेको छ । स्पेनमा ५० जनामा नयाँ भाइरस् को
सङ्क्रमण भएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोनाको पहिलो लहरमा भन्दा दोस्रो लहर धेरै खतरनाक रहेको र तेस्रो लहर सुरु भैसकेको भन्दै स्पेनका धेरै स्थानिय सरकारहरुले कडा खालका बन्देजहरु लगाएका छन । स्वास्थ्य मन्त्रालय कि अधिकारी मरिया सेयराले अहिलेको अवस्था जटिल भएपनि आफुहरुले स्कुल बन्द गर्न सुझाब नदिने बताएकी छन । कडा खाल को लकडाउनको बिषयमा उनले अहिलेको लागि अरु धेरै बिकल्प हरु रहेकोले पूर्ण लकडाउनको लागि सिफारिस नगर्ने बताइन् ।
स्पेनमा दुई दिनमा ४२ हजारलाई कोरोना सङ्क्रमण, तत्काल स्कुल बन्द नगरिने
![](https://usercontent.one/wp/www.spainnepal.com/wp-content/uploads/2021/01/D56DDFAD-810D-44F2-A673-4CC42A13DC5E.jpeg)