• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

स्पेनको धेरै ठाउँ मा हिमपात, म्यड्रिडमा ४० बर्षको रेकर्ड् तोडिने

Byspainnepal

Jan 8, 2021

स्पेन, ८ जनवरी/ स्पेनको राजधानी म्यड्रिड सहित् धेरै स्थानमा ठुलो हिमपात भएको छ। यहाँको मौसम बिभागले शुक्रबार अझ धेरै स्थान मा झरी, हुरी बतास र हिमपात हुने भन्दै सचेत हुन सुचना जारी गरेको छ। म्यड्रिड सहित् गाउदलाखरा, कोयन्का, आल्बासेते, तोलेदो लगायतका स्थान रेड अलर्ट मा छन् । जुन २००७ साल पछी पहिलो पटक रेड अलर्ट मा परेका हुन। यि स्थानहरुमा २४ घण्टामा २० सेन्टिमिटर् सम्म हिउ परेको छ

स्पेनको धेरै सेन्ट्रल र नर्थन क्षेत्र हिउले ढाकीएको छ। लिओन मा सबैभन्दा धेरै माइनस १५ डिग्री सेल्सियस पुगेको छ । भ्यालेन्सिया, मुर्सिया, आन्दालुसिया लगायत्को स्थानमा पनि झरी र हुरी बतास चलेको छ । यि स्थानमा पानी हिमपात हुने र म्यड्रिड क्षेत्रमा १९८० को दसक पछि कै धेरै हिमपात हुने अनुमान गरिएको छ। चिसो का कारण सारागोसा मा एक घरबार बिहिन ब्यक्ति को मृत्‍यु भएको छ ।

  • स्पेनका बिभिन्न संचारमाध्यम हरुको सहयोगमा/ तस्बिर साभार् एल पाइस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *