सम्पुर्ण देश विदेशमा रहनुहुने नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा अभिवादन । नेपालमा रहनुभएका र विभिन्न कारणले विदेशमा रहनुभएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई एकै ठाँउमा जोड्न र हामी सबैको आवाज ब्यक्त गर्ने साझा थलोको रुपमा स्थापित गर्ने उद्धेश्यले हामीले सुरुवात गरेको यस अनलाइन न्युज पोर्टल स्पेननेपाल डट्कम् को आज नयाँ बर्ष २०२१ को पहिलो दिनबाट प्रकाशन आरम्भ गरेको घोषणा गर्न पाउँदा हामी सबैलाई खुसी लागेको छ ।

नेपालमा रहेर एक दशक भन्दा लामो सक्रिय पत्रकारिता गरेको अनुभव र युरोप बसाँइको आधा दशकको सिकाईलाई समिश्रण गर्दै हामीले खासगरी विदेशमा बस्ने सबै नेपालीको आवाज बोल्ने साझा थलोको रुपमा यसलाई अगाडि बढाउन लागेका छौ । पहलकदमीको रुपमा प्राविधिक रुपमा हामीले शुरु गरेको भएपनि यो अनलाइन विदेशमा बस्ने हामी सवै नेपालीको हो । र यसमा हामी सवै स्थान सुरक्षित छ । नेपाल भित्रका समस्या, संकट र अव्यवस्था उजागर गर्ने धेरै सञ्चारमाध्यम छदैछन् । विदेशमा पनि नेपाली समुदायका विवाद र झगडा सार्वजनिक गर्ने थलो पनि धेरै छन् । तर हामीले गलत क्रियाकलापलाई खवरदारी गर्ने क्रम जारी राख्दै सकारात्मक र सृजनात्मक गतिविधिलाई नै प्राथमिकता दिनेछौ त्यसैले यो अनलाईनलाई हाम्रा सकारात्मक अनुभव र उपलब्धि तथा विदेशमा सिकेको सीपलाई अरु समक्ष बाड्न उपयुक्त थलोको रुपमा हामी सबैले प्रयोग गरौं भन्ने हाम्रो आग्रह छ । यसको लागि हामीले कुनै विचार र पक्षको वकालत नगरी सबै पक्षको कुरा राख्ने निश्पक्ष थलोको रुपमा यसलाई अगाडि बढाउने प्रतिवद्धता ब्यक्त गर्दछौ ।

हामीले यस अनलाईनमा नेपाल र विदेशका नयाँ र ताजा समाचार त पस्कने छौ नै । समाचारका पराम्परागत विधाको साथमा हामी केहि नयाँ स्थानलाई ठाँउ दिएका छौ । जसमा हामी सवैको कुरा अटाउनेछ । विदेशमा रहेर गरिएका प्रगति र अनुभव आदान प्रदान गर्न हामीले ब्यक्ति र ब्यवसाय भनेर एउटा छुट्टै विधा राखेका छौं । जसमा हाम्रा ब्यक्तिगत उपलब्धिका कुरा पनि अटाउने छन् जसले अरुलाई प्रेरणा दिनेछ । यस्तै प्रवासमा नेपाली समाज र समुदायको गतिबिधी सञ्चालनका लागि प्रवासी नेपालीले बनाएका विभिन्न संघसस्थाहरुको परिचय र सम्पर्क राख्न छुट्टै स्थान बनाएका छौ । यसबाहेक हाम्रो साहित्य, कला र संस्कृतिलाई महत्वपुर्ण स्थान दिनेछौ भने यस अनलाइनमा हामीलाई चाहिने महत्वपुर्ण लिङकहरु र अन्य महत्वपुर्ण सामग्रीलाई समेटेका छौ ।

अन्त्यमा यस अनलाइन शुरु गर्न विभिन्न पक्षबाट सहयोग गर्नुहुने र शुभकामना ब्यक्त गर्नुहुने सवैमा धन्यवाद ब्यक्त गर्दछु । र आगामी दिनमा पनि यसलाई निरन्तरता दिन अनुरोध गर्दछु । हामीले यसलाई शुरुवात मात्र गरेका छौ, अगाडि बढाउन हामी सबैको प्रत्यक्ष सहभागिता आवश्यक छ । त्यसैले सवैको सल्लाह सुझावको हामीले निरन्तर अपेक्षा गरीरहने छौ । साथै हामीलाई आफ्ना संस्थाका गतिविधी र आफ्ना ब्यक्तिगत विचार, लेख रचना र अनुभव पठाएर सहयोग गर्नुहुन अनुरोध गर्दछौ । हामीले यि सवै विषयलाई अनलाइनमा स्थान दिदै जानेछौ । सुझाव, सल्लाह र सहयोगको अपेक्षा सहित धन्यवाद ।

कमल पराजुली
सम्पादक
६१२४६४५२२
info@spainnepal.com