![](https://usercontent.one/wp/www.spainnepal.com/wp-content/uploads/2021/04/169386276_521960442152922_8785292990962855188_n.jpg)
स्पेनको एक्स्त्रेमादुरामा बुधवार हुन लागेको पिस कन्फ्रेन्समा सहभागी हुनका लागि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना सहितको उच्च स्तरीय टोली स्पेन आइपुगेको छ । लुम्विनी गार्डेन फाउन्डेसनको निमन्त्रणामा स्पेन आइपुगेको उक्त उच्च स्तरीय भ्रमण टोलीलाई मंगलबार दिउसो स्पेनका लागि नेपाली राजदुत दावाफुटी शेर्पा तथा फाउन्डेसनका प्रतिनिधी लगायतले म्याड्रिडमा स्वागत गर्नुभयो ।
नेपाली उच्च स्तरीय टोलीले यहाँका विभिन्न पक्षसँग अन्र्तक्रिया तथा भेटघाट समेत गर्ने छ । भ्रमण टोलीमा अध्यक्ष तिमिल्सेना सहित लुम्बिनी क्षेत्रका मेयरहरुको सहभागिता रहेको छ । उक्त टोलीमा लुम्बिनी नगरपालिकाका मेयर मनमोहन चौधरी, रामग्राम नगरपालिकाका मेयर नरेन्द्र गुप्ता, कपिलवस्तुका मेयर किरण सिंह, देवदहका मेयर हिराबहादुर खत्री, देबदह नगरपालिकाका उपमेयर बिद्या लक्ष्मी गुरुङ, लुम्विनीका कार्यकारी प्रमुख शिबप्रसाद रेग्मी, संघीय संसद सचिवालय सदस्य सपना सापकोटा, लुम्बिनी गार्डेन प्रोजेक्टका प्रमुख आर्कीटेक्ट उज्वलमान शाक्य, लुम्बिनी गार्डेन फाउन्डेसनका उपाध्यक्ष गोबिन्द सुबेदी, लुम्बिनी गार्डेन फाउन्डेसनका प्रमुख संरक्षक निरज श्रेष्ठ लगायतको सहभागिता रहेको लुम्बिनी गार्डेन फाउन्डेसनका महासचिब एकराज गिरीले जानकारी दिनुभयो । उक्त भ्रमणका अबसरमा अध्यक्ष तिमिल्सेनाको प्रमुख आथित्य र स्पेनको एक्स्त्रेमादुरा राज्यका पे्रसिडेन्ट गुइलेरमो फेरनान्देज भाराको विशेष आथित्यमा बुधवार शान्ति सम्मेलन हुने गिरीले जानकारी दिनुभयो । फाउन्डेसनले एक्स्त्रेमादुरामा लुम्बिनी गार्डेन बनाउने प्रोजेक्ट शुरु गरेको छ ।
करिब एक हप्ताको भ्रमणका लागि आएको नेपाली उच्चस्तरीय टोली म्याड्रिड, बार्सिलोना, एक्स्त्रेमादुरा लगायतको भ्रमण गरी यहाँका नेपालीहरुसँग भेटघाट समेत गर्ने उहाँले बताउनुभयो । उक्त उच्चस्तरीय टोली ११ तारिक बार्सिलोनामा नेपाली समुदायसँग अन्र्तक्रिया गर्ने एनआरएनए स्पेनका अध्यक्ष दिनेश गुरुङले बताउनुभयो ।
![](https://usercontent.one/wp/www.spainnepal.com/wp-content/uploads/2021/04/169935597_1397794033913218_3863261997745257512_n.jpg)
७० मिलियन युरोभन्दा बढी खर्च गर्दै स्पेनको काथेरेस नगरमा लुम्बिनी गार्डेन बनाउने एक महत्वकांक्षी योजना फाउन्डेसनले राख्दै आएको छ। सोहि अभियानको प्रचारप्रसारका पनि एक्स्त्रेमादुराबाट पिस कन्फेरेन्स सुरु गरिएको लुम्बिनी गार्डेन फाउन्डेसनका महासचिव एकराज गिरीले जानकारी दिए।
“कार्यक्रमको मुख्य उदेश्य त बुद्वको शान्ति सन्देशलाई नै संसारभर फैलाउनु हो। त्यो अलवा हाम्रो प्रोजेक्टका लागि अहिलेसम्म भएका प्रगती बिबरणहरुलाई पनि भिडियो मार्फत कन्फेरेन्समा प्रस्तुत गर्नेछौ।’ उनले भने।
बिश्व सम्पदा सुचिमा सुचिकृत भएका दुवै नगरहरु लुम्बिनी र काथेरेसले भगिनी सम्बन्ध गासिसकेका छन्। दुवै नगरका प्रमुखहरुले लुम्बिनीमा गतबर्ष नै हस्ताक्षर गरेर सम्बन्ध जोडेका थिए।