• Fri. Jul 19th, 2024

SPAIN NEPAL COM

युरोप छिर्ने इलिगल ट्रान्जिट टर्कीमा नेपालीको बिजोग, “रिस्की गेम”मा फस्दै युवा

Byspainnepal

Feb 25, 2021


युरोप छिराउने बाहनामा विभिन्न दलालहरुले नेपाली युवाहरुसँग मोटो रकम लिएर टर्की छिराउने र बिचल्ली पार्ने गरेका समाचारहरु धेरै अगाडी देखि नै हामीले पढ्दै आएका छौ । नेपाली युवाहरुलाई मोटो रकम लिएर नेपाली दलालहरुले टर्कीसम्म ल्याउने गरेका छन् । त्यहाँ ल्याएर टर्कीको कार्ड बनाइदिने र युरोपियन मुलुकमा छिराउने सपना देखाएर धेरै युवाहरुलाई फसाइएको छ । ठुलो खतरा मोलेर इलिगल बाटोबाट केही युरोप छिरेका पनि छन् । भने धेरै नेपाली अहिले पनि टर्कीमै फसिरहेका छन् ।
हालै टर्कीमा फसेका र दलालले पैसा र पासपोर्ट नदिएर अलपत्र पारेका नेपाली युवाहरुले पिडकको बिरुद्धमा आवाज उठाउन थालेका छन् । हालै गठन भएको गैरआवासिय नेपाली संघ एनसिसि टर्कीको फेसवुक पेजमा ति युवाहरुले आवाज उठाएपछि अहिले एनआरएनएले पिडितलाई सहयोग गर्ने प्रयास शुरु गरेको बताएको हो । अहिलेसम्म आफुहरुकहाँ २१ नेपालीहरुले आफु पिडित भएको भनेर निवेदन आएका एनसीसी टर्कीका अध्यक्ष उज्वल कुमार घिसिङले बताउनुुभयो । ति पिडितहरुले दीपक बास्कोटा र कमला पौडेलले पिडित बनाएको भनेर नामै तोकेर निवेदन दिएको र यसबारेमा आफुहरु सत्यतथ्य पत्ता लगाउने प्रयास गरिरहेको उहाँले बताउनुुभयो । यस विषयमा निज बास्कोटासँग सम्पर्क गर्दा विभिन्न वाहना गरेर आफुलाई ढाटिरहेको उहाँले बताउनुुभयो । २१ जनाको निवेदन आए पनि पिडित कति छन र कोको यसमा सम्लग्न छन भन्ने कुरा आफुहरुले सत्यतथ्य बाहिर ल्याउने र दोषीलाई कानुनको दायरामा ल्याउने उहाँले प्रतिबद्धता जनाउनुभएको छ । तर पिडितहरुले भने निवेदन दिए पनि कसरी आफुहरुले न्याय पाउने भन्ने यकिन नभएकोले एनआरएनलाई निरन्तर दवाव दिइरहेका छन् । युरोप छिराउने भनेर ५\६ लाख सम्म लिएर आफुहरुलाई अलपत्र पारेर एजेन्ट सम्पर्क बिहिन भएको उनीहरुको भनाइ छ ।

तस्विर सामाजिक सञ्जालबाट


नेपालीहरुलाई पिडित बनाउने एजेन्टहरु त्यहाँ अरु पनि धेरै छन् । चितवनका सरोज कुमार श्रेष्ठ युराप छिर्ने भनेर टर्की आएको ३ बर्ष भयो । उनी इलिगलबाटो बाट ग्रीस छिर्न खाजे तर सुरक्षाकर्मीले बोर्डरमा समातेर टर्की नै फिर्ता पठायो र जेलमा परे । उनले एजेन्टलाई दिएको साढे ६ लाख र पासपोर्ट नदिएका कारण नेपाल फर्कन चाहेपनि नपाएको बताँउछन् । अहिले उनीजस्ता सयौं नेपाली युवाहरु टर्कीमा इलिगल रुपमा बसिरहेका छन् । उनीहरु युरोप छिर्ने गेम कहिले शुरु हुने हो त्यो पनि थाहा छैन भने आफ्नो पैसा कसरी फिर्ता पाउने भन्ने पनि पत्तो छैन । टर्कीमा ४ हजार नेपाली रहेको एनआरएनए टर्कीका अध्यक्ष घिसिङले बताउनुुभयो । त्यसमा ८० प्रतिसत नेपालीहरु इलिगल रुपमा युरोप छिर्ने सपनामा त्यहाँ पुगेको पिडित श्रेष्ठले बताए ।

टर्कीबाट युरोप छिराउने “रिस्की गेम” के हो ?
टर्कीबाट इलिगल रुपमा युरोप छिराउने कामलाई मानव तस्करी गर्नेहरुले कोड भाषाको रुपमा “गेम” भन्ने गर्छन । मानव तस्करहरुले इलिगलबाटोबाट युरोपियन मुलुकहरुमा छिराउनका लागि विशेषगरी पाकिस्तानी एजेन्टहरुसँग मिलेर नेपाली युवाहरुलाई टर्की ल्याउने गर्छन् । त्यहाँबाट समुद्री बाटो हुँदै सुरक्षाकर्मी छलेर युरोप छिराउने इलिगल कामलाई उनीहरुले “गेम” को नाम दिन्छन । पाकिस्तानीहरुले समुद्रीबाटो र विभिन्न देशहरुमा निजि गाडीबाट इलिगलरुपमा युरोप छिराएको २ हजार युरोसम्म लिने गरेका छन् । त्यसको सेटिङ मिलाउने नेपाली एजेन्ट नै हुन्छन् । युरोप आउनेक्रममा नेपाली नेपालीहरु यो इलिगलबाटो महिनौ लगाएर पुरा गर्छन् । करिब १ वर्ष लगाएर टर्कीबाट बोस्निया, ग्रीस हुँदै अहिले पोर्चुगलमा रहेका एक नेपाली युवाले यसक्रममा धेरै नेपालीहरु विरामी, घाइते र अंगभंग समेत भएको बताउँछन् । एनआरएनए टर्कीका अध्यक्ष घिसिङले टर्की,अमेरिका छिर्नका लागि मेक्सिको जस्तै युरोप छिर्ने ट्रान्जिट पोइन्टको रुपमा लिएर नेपालीलाई ल्याउने र अलपत्र पार्ने काम भैरहेकोले यसमा नेपाल सरकारको पनि ध्यान जान आवश्यक रहेको बताउनुभयो । उहाँले केहीले टर्कीको भिसामै रोक लगाउनुपर्ने माग गरेपनि आफु त्यसमा सहमत नभएको तर मानवतस्करले इलिगलबाटोबाट युरोप छिराउने भन्दै ल्याएर पिडित बनाउने काम बढेकोले यसलाई रोक्न प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभयो । उहाँले टर्कीबाट युराप छिर्न सजिलो नभएकोले यहाँ आउन चाहने नेपालीलाई राम्रोसँग बुझेर मात्रै आउन आग्रह गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *