• Tue. Apr 16th, 2024

SPAIN NEPAL COM

पुर्नस्थापित संसदको पहिलो बैठक फागुन २३ गते

Byspainnepal

Feb 26, 2021
तस्विर – राजन काफ्ले, प्रधानमन्त्रीको सचिवालय


काठमाण्डौ – मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा अधिवेशन फागुन २३ गते आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आउँदो २३ गते आइतबार प्रतिनिधि सभाको अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले मन्त्रिपरिषद्को सिफारिसमा गएको पुस ५ गते राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्दै गएको मङ्गगलबार १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *