![](https://usercontent.one/wp/www.spainnepal.com/wp-content/uploads/2021/03/A5563D61-6407-4883-AF6B-0957F67F89B0.jpeg)
जिल्ला अदालत बैतडीले जिल्लाको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका दिनेश भट्टलाई बाल सुधारगृहमा पठाउने आदेश दिएको छ । जिल्ला न्यायाधीश तिलक बहादुर कार्कीको इजलासले १८ वर्ष नपुगेका कारण भट्टलाई पुर्पक्षका लागि बाल सुधारगृहमा राख्न आदेश दिएको हो । मंगलबार भएको थुनछेक बहसपछि अदालतले उनलाई डोटी स्थित बाल सुधारगृहमा पठाउन आदेश दिएको छ . । गत माघ २१ गते विद्यालयबाट फर्कने क्रममा भट्टको हत्या गरेको अभियोगमा प्रहरीले फागुन ४ गते दिनेशलाई पक्राउ गरेको थियो। उनले बयानका क्रममा आफूले पुरानो रिसिबीका कारण हत्या गरेको स्वीकार गरेका थिए।