नेपाली जनप्रगतिशील मंन्च स्पेनका संगठन विभाग प्रमुख विशाल ढुंगानाले आगामी कार्यकालको  लागि अध्यक्ष पदमा उम्मेद्बारी घोषणा गर्नु भएको छ ।  मंन्चको तेस्रो अधिबेसन आगामी डिसेम्बर १२ तारिक हुने घोषणा  भैसकेको  छ ।  

कास्कीको पोखरा महानगरपालीका वडा नं. २६ घर भै हाल १० बर्ष देखि स्पेन बस्दै आउनु भएका ढुंगाना लामो समय देखी राजनीतिक र सामाजिक कार्यहरुमा सक्रिय रहदै आउनु भएको छ ।  बिधार्थी काल देखिनै राजनितिक र सामाजिक कार्यहरूमा संलग्न ढुंगाना २०५७ सालमा बिधालयबाट राजनीतिक यात्रा सुरू गरी विधालयमा संगठन ईकाई सचिव र अध्यक्ष हुँदै पश्चिमान्चलको ठुलो पब्लीक क्याम्पस  जनप्रिय बहुमुखि क्याम्पसको अनेरास्ववियू (क्रान्तिकारी) को संस्थापक अध्यक्ष हुनु भएको थियो भने  Ycl कास्कीको सदस्य रहि काम गर्नु भएको थियो।साथै रेडक्रस , सामुदायिक सेवा केन्द्र , लियो क्लब लगाएत विभिन्न संघ संस्थामा  नेतृत्वदायि भुमिकामा रहेर सामाजिक कार्यहरुमा  लाग्नु भएको थियो ।  स्पेनमा आए पछि नेपाली जनप्रगतिशील मंन्च स्पेनको साधारण सदस्य -२०१२, पार्टीको एरिया सचिव स्पेम  २०१३, संगठनको सचिव -२०१५-२०१७, पार्टीको एरिया कमिटि उपाध्यक्ष-२०१६,संगठनको सल्लाहकार २०१७-२०१९ हुनु भएका ढुंगाना हाल संगठन विभाग प्रमुख हुनुहुन्छ ।  यस्तै उहाँ एनआरएनए स्पेनको २०१७-२०१९ कार्यकालमा कोषाध्यक्ष र २०१९-२०२१ को कार्यकालमा सल्लाहकार हुनुहुन्थ्यो ।  यस्तै सामाजिक काममा सकृय हुने शिलशिलामा उहाँ कास्की समाज स्पेनको संस्थापक महासचिव तथा कास्की समाज अन्तराष्ट्रिय समितिको संस्थापक सचिव र कास्की समाज स्पेनको संरक्षक समेत  हुनु भएको थियो। 

आफ्नो लामो राजनीतिक र सामाजिक सक्रियताको कारणले नै सबैको सुझाबको आधारमा संगठनको अध्यक्षमा उम्मेद्बारी  दिएको ढुंगानाले बताउनुभयो  ।  स्पेनमा संगठनलाई थप बिस्तार गर्दै सामाजिक सेवाको लागि सबैभन्दा प्रभाबकारी संगठन बनाउने उदेस्य   अनुसार आफु अघि अध्यक्षको लागि अगाडि बढेको   उहाँले  बताउनुभयो   ।  

नेपाली जनप्रगतिशील मंच स्पेनको तेस्रो अधिबेशन आगामी १२ डिसेम्बरका २०२१ आइतबारका दिन हुँदैछ  ।  अधिबेशन सम्पन्न गर्नका लागि अध्यक्ष अर्जुन आचार्यको संयोजकत्वमा मुल आयोजक समिती तथा संरक्षक श्याम प्रसाद खनाल संयोजक र निवर्तमान अध्यक्ष गगां प्रसाद भुषाल र सल्लाहकार कृष्ण प्रसाद भुषाल सदस्य रहेको ३ सदस्यिय समन्वय तथा निर्वाचन समिती गठन गरिएको छ