![](https://usercontent.one/wp/www.spainnepal.com/wp-content/uploads/2021/02/3C2755FD-3B6E-43F5-86C7-63D5576F3973.jpeg)
काठमाडौ । चीनले नेपाललाई कम्तीमा पनि ५ लाख डोज कोभिड -१९ विरुद्धको खोप दिने भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेश मन्त्री वाङ यीबीच शुक्रबार साँझ भएको टेलिफोन वार्तामा यस्तो समझदारी बनेको हो ।
फोनवार्ताका क्रममा चिनियाँ विदेशमन्त्री यीले चीन सरकारले नेपाललाई काेभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि पाँच लाख डोज खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।
यसअघि नेपालका लागी चिनियाँ राजदूत होउ यान्छीले तीन लाख डोज खोप उपलब्ध गराउने बताएकी थिइन् । दुई नेताबीचको फोन वार्तामा नेपालको पछिल्लो राजनैतिक अवस्थाबारे छलफल भएको बताइएको छ ।
परराष्ट्रमन्त्रीले खोप उपलव्ध गराउने भएकोमा चिनियाँ समकक्षीलाई धन्यवाद दिए । नेपालले चीनमा उत्पादित भ्याक्सिन प्रयोगका लागि अनुमति दिइसकेको छैन ।
![](https://usercontent.one/wp/www.spainnepal.com/wp-content/uploads/2021/02/2A03B118-D7B5-46C1-8B72-616CE3E50A04.jpeg)