• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

म्याड्रिड-बार्सिलोना बुलेट ट्रेन चल्दै, सुरुवाती भाडा ५ युरो

Byspainnepal

Feb 5, 2021

स्पेन, ५ फेब्रुअरी/ स्पेनको राजधानी म्याड्रिड र प्रमुख शहर बार्सिलोनाको बीचमा तिब्र गतिको बुलेट ट्रेन सञ्चालन हुने भएको छ । उक्त तिब्र गतिको ट्रेनले म्याड्रिड र बार्सिलोनाबीचको ५ सय किलोमिटर दुरी जम्मा साडे २ घण्टामा पुरा गर्ने छ । अहिले सामान्य ट्रेनले उक्त दुरी पुरा गर्न ४ घण्टा लगाउँछन् । यो ट्रेन गत बर्ष अप्रिलमै शुरु गर्ने भनिएपनि कोरोना माहामारीको कारणले रोकिएको थियो । तर सवै तयारी पुरा गरेर यसै बर्षको जुन २३ तारिकबाट शुरु गर्ने स्पेन सरकारद्धारा सञ्चालित रेन्फेले जनाएको छ । यसको सुरुवाती भाडादर ५ युरो मात्रै राखिएको छ । ३ सय ३० किलोमिटर प्रतिघण्टाको गतिमा कुद्ने तिब्र गतिको ट्रेनमा ४ सय ३८ सिट क्षमता रहेको र यसले दुई शहरकोबीचमा दैनिक ४ पटक ओहोरदोहोर गर्ने सिएनएनको समाचारमा जनाईएको छ । उक्त ट्रेनको दुई ठुला शहरकोबीचमा पर्ने ६ वटा शहरमा स्टप राखिएको छ । जसमा ग्वादालाखारा, कालाताय्ुद, शारागोसा, लेइदा, तारागोना र गिरोनामा स्पटहरु राखिएको छ भने उक्त ट्रेनले आफ्नो गन्तव्यमा पुग्न १५० मिनेट लगाउने छ । रेन्फेको ८० औं को अबसर पारेर उक्त बुलेट ट्रेन शुरु गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *