![](https://usercontent.one/wp/www.spainnepal.com/wp-content/uploads/2021/05/D23BFEC5-F4CC-4A99-BCD0-CA6BF4A1EE14-1024x697.jpeg)
चीनले नेपाललाई दश लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनफिङबीच भएको टेलिफोन वार्तामा चीनले नेपाललाई खोप उपलब्ध गराउने घोषणा गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा चिनियाँ राष्ट्रपति सीले अनुदान सहयोगमा नेपाललाई कोभिड-१९ भ्याक्सिनको खोप दिने घोषणा गरेको नेपालका लागि चिनियाँ राजदूतले आफ्नो ट्वीटरमा उल्लेख गरेकी छन् ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विटरमार्फत् टेलिफोन वार्ताको बारेमा बताउँदै चीनले नेपाललाई दश लाख डोज खोप उपलब्ध गराउने उल्लेख गरेकी हुन् ।