• Fri. Jul 19th, 2024

SPAIN NEPAL COM

एनआरएन बिशेष महाधिबेसनका लागि २६ सयको आबेदन

Byspainnepal

Jan 11, 2021

११, जनवरी । गैरआवासीय नेपाली संघको बिशेष महाधिवेशनमा प्रतिनिधि हुन का लागि २६ सय ३८ जनाले फर्म भरेका छन ।
गैरआवासीय नेपाली संघको बिशेष महाधिवेशन यहि जनवरी २३-२४, २०२१ दुइ दिन सम्म जुममा गरिने भएको छ। तर एक पक्षले भने एकलौटी ढंगले महाधिबेसन गर्न लागिएको भन्दै बिरोध गरेको छ र स्थगित गर्न माग गर्दै पररास्ट् मन्त्रालयमा निबेदन दिएको छ।
यता सस्थापन पक्षले भने जनवरी १०, २०२१ सम्म प्रतिनिधि हुनको लागि गत अक्टुवर २०१९ महाधिवेशनका सम्पूर्ण प्रतिनिधि र नयाँहरुको लागि समेत फर्म भर्न म्याद दिइएको थियो। म्यादको अन्तिम दिन अर्थात जनवरी १०, २०२१ सम्म २,६३८ जनाले प्रतिनिधि हुनको लागि फर्म भरेको एन आर एन ले जनाएको छ ।
प्राप्त फर्मका प्रतिनिधिहरुको विवरण सहित सम्पूर्ण राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई प्रमाणीकरणको लागि पठाइएको छ। संघले एनसीसीहरुबाट प्राप्त प्रमाणीकरण गरिएका प्रतिनिधिहरुको दावी-बिरोध सहित भएको अन्तिम लिष्ट आगामी बैठकले पास गरेपछि सार्वजनिक गर्ने एनआरएन सूचना तथा संचार समितीले जनाएको छ।

देश र प्राप्त प्रतिनिधिहरुको संख्या
AUSTRALIA 190

ASTRIA 62
BAHRAIN 53
BELGIUM 123
CANADA 100
CHINA 23
CYPRUS 23
CZECH REPUBLIC 30
DENMARK 75
FINLAND 6
FRANCE 32
GERMANY 68
HONG KONG 91
IRELAND 48
ISRAEL 5
ITALY 10
JAPAN 120
KENYA 1
KOREA (SOUTH) 128
KUWAIT 123
LUXEMBOURG 5
MACAU 97
MALAYSIA 33
MALTA 10
NETHERLANDS 53
NEW ZEALAND 142
NIGERIA 2
NORWAY 35
OMAN 18
POLAND 22
PORTUGAL 105
QATAR 116
RUSSIA 62
SAUDI ARABIA 106
SEYCHELLES 5
SOUTH AFRICA 2
SPAIN 66
SWEDEN 13
SWITZERLAND 15
TANZANIA 1
THAILAND 2
U.K. 167
U.S.A. 180
UAE 60
UGANDA 5
VIETNAM 3
ZAMBIA 2
Total 2638

Leave a Reply

Your email address will not be published. Required fields are marked *