
गैर आवासीय नेपाली संघ स्पेनको आगामी दुई वर्षे कार्यकालको लागि नयाँ कार्यसमिती निर्विरोध भएको छ । आइतवार भएको उम्मेदवारी दर्तामा सवै पदहरुमा एक जनाको मात्रै उमेद्वारी परेपछि कार्य समिती निर्विरोध भएको हो । आइसीसी सदस्य सहित विभिन्न पदहरुमा एक भन्दा धेरै उमेद्वारी पर्ने देखिएपछि चुनाव नगराउने उद्देश्यले स्पेन स्थित विभिन्न राजनीतिक दलका भातृसंस्थाहरु वीच आकस्मिक रुपमा विधान संशोधन गरी सवैलाई भाग पुर्याउने गरी कार्य समिती चयन गर्ने सहमती भएको थियो । यही सहमती पछि एनआरएनए स्पेनको आकस्मिक बैठक बसी उमेद्वारी दर्ताको एक घण्टा अगाडि विधान संशोधन गरी नयाँ पदहरु सिर्जना गरिएको थियो । भागबण्डा मिलाउन विधानमा नभएका वरिष्ठ उपाध्यक्ष, उपमहासचिव, युवा उप संयोजक र एक सदस्य पद थप गरिएको छ ।
निर्वाचन समितीका संयोजक तथा एनआरएनए आईसीसी सदस्य प्रकास तिमिल्सेनाले कार्यसमितीले विधान संशोधन गरेर नयाँ पदहरु सिर्जना गरेकोले सोही अनुसार उम्मेद्वारी दर्ता गरिएको बताउनु भयो । सहमती कायम गर्नका लागि एनआरएन केन्द्रमा ३ वटा अध्यक्ष सम्म बनाइएको उदाहरण दिदै उहाँले सहमतीका लागि विधान संशोधन गरेर केही पदहरु थपिनुलाई सामान्य रुपमै लिनुपर्ने बताउनुभयो ।
आइतवार दर्ता भएको उम्मेद्वारी अनुसार एनआनरएन स्पेनको नयाँ अध्यक्षमा पेशल कुमार कोइराला निर्विरोध हुनु भएको छ । कोइराला यसअघि कार्यकाल २०१९–२१ को निर्वाचनमा अध्यक्ष पदमा देउकाजी गुरुङसंग पराजित हुनु भएको थियो । यसै गरी नयाँ कार्यकालको लागि स्पेनबाट आईसीसी सदस्यमा यज्ञनारायण पौडेल निर्विरोध हुनु भएको छ । उहाँ गत कार्यकालमा आईसीसी सदस्यमै पराजित हुनुु भएको थियो ।
उमेद्वारी दर्ता अनुसार निर्विराध भएको नयाँ कार्यसमिती यस प्रकार रहेको छ ।

