• Mon. Apr 22nd, 2024

SPAIN NEPAL COM

एनआरएनए कोस्टाब्लान्काको नयाँ कार्यसमिती निर्विरोध निर्वाचित

Byspainnepal

Jun 30, 2023

गैर आवासीय नेपाली संघ, स्पेन क्षेत्रीय समिती कोस्टाब्लान्काको दोस्रो क्षेत्रीय अधिवेशनले सुरेश बज्राचार्यको अध्यक्षतामा नयाँ कार्यसमिती निर्विरोध चयन गरेको छ । बिहिवार बेनिर्डममा सम्पन्न अधिवेशनमा निर्वाचन समितीका संयोजक सुरेन्द्र भुजेल थापाले नयाँ कार्यकाल २०२३–२५ को लागि निर्विरोध निर्वाचित नयाँ कार्यसमितीको घोषणा गर्दै प्रमाण पत्र वितरण गर्नु भयो । नव निर्वाचित कार्यसमितीमा उपाध्यक्षहरुमा केशर बहादुर थापा र वीर बहादुर खत्री हुनुहुन्छ । यस्तै सचिव रोजिना श्रेष्ठ, कोषाध्यक्षमा सुवास ओली र सहसचिवमा सरोज केसी रहनु भएको छ । यस्तै महिला संयोजकमा बिजया थापा र यूवा संयोजकमा विशाल केसी चुनिनु भएको छ । सदस्यहरुमा सैलेश बज्राचार्य, शिव नेपाल, कमल कडेल, सुनयना श्रेष्ठ र कल्पना भुजेल थापा रहनु भएको छ ।
यस्तै अधिवेशनले आफ्नो क्षेत्रको तर्फबाट एनसीसी सदस्यमा रितेश श्रेष्ठ र क्षेत्रीय सचिवमा सन्तोष अर्याललाई सिफारिस गरेको छ । कार्यक्रममा एनआरएन कोष्टाब्लान्काका निवर्तमान अध्यक्ष देवराज सापकोटाले आफ्नो कार्यकालमा सहयोग गर्ने सवैलाई धन्यवाद दिदै नवनिर्वाचित कार्यसमितीलाई सफल कार्यकालको शुभकामना दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *