गैर आवासीय नेपाली संघ, स्पेन क्षेत्रीय समिती म्याड्रिडको अध्यक्षमा मेघनाथ ढकाल सहित सवै कार्यसमिती निर्विरोध भएको छ । क्षेत्रीय समितीको आगामी जुन १३ तारिक हुने अधिबेशनको लागि आइतवार भएको उमेद्वारी दर्तामा अध्यक्ष सहित सवै पदमा एकजनाको मात्रै उमेद्वारी परेपछि सवै कार्य समिती निर्बिरोध भएको हो । ढकाल अहिले एनआरएनए स्पेनको क्षेत्रबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सचिव हुनुहुन्छ । यस्तै क्षेत्रबाट केन्द्रमा प्रतिनिधित्व गर्ने एकजना सदस्यमा बर्तमान अध्यक्ष सुजिल गोलेको मात्रै उमेद्वारी परेकोले उहाँ पनि निर्विरोध हुनुभएको छ ।


निर्वाचन समितीका अनुसार अन्य पदहरुमा उपाध्यक्षमा देवी शर्मा सचिवमा सागर श्रेष्ठ, सहसचिवमा मनमाया राई, कोषाध्यक्षमा ज्योती पुलामी मगर, महिला संयोजकमा झरना गुरुङ्ग सदस्यमा बिरु गुरुङ्गको मात्रै उमेद्वारी परेको छ । १५ सदस्ययीय कार्यसमितीको लागि अन्य पदमा उम्ेदवारी नपरेकोले कार्यसमितिको घोषणा भैसकेपछि मनोनयन हुनेछन् । जुन ७ तारिकसम्म उमेद्वारी फिर्ता र दावी विरोधको समय राखिएको छ । निर्विरोध कार्यसमितीको घोषणा भने जुन १३ तारिक हुने अधिबेशन मार्फत गरिने छ ।