• Sun. Apr 28th, 2024

SPAIN NEPAL COM

तमु समाजको आयोजनामा आज बार्सिलोनामा फुटवल प्रतियोगिता हुँदै, विजेतालाई ७०१ युरो

Byspainnepal

May 22, 2022


स्पेनमा बस्ने गुरुङ समुदायको संस्था तमु समाज समाज बार्सिलोनाको आयोजनामा आज (आईतवार) बार्सिलोनामा सेभेन ए साइड फुटवल प्रतियोगिता हुँदैछ । ‘शान्तिका लागि खेलकुद’ भन्ने नाराका साथ बुद्ध जयन्तीको अबसरमा हुन लागेको उक्त प्रतियोगितामा पोर्चुगल र स्पेनका विभिन्न क्षेत्रबाट ९ वटा नेपाली टिमको सहभागिता रहने समाजका अध्यक्ष गौतम गुरुङले जानकारी दिनुभयो । प्रतियोगितामा नेपालोना ए, नेपालोना बी, तमु समाज ए, तमु समाज बी, रोयल राइर्डस, एनआरएनए म्याड्रिड, एफसी कोस्टाब्लान्का, नेपजम एफसी पोर्चुगल र ओएनएफ स्पेनको सहभागिता रहने छ । बार्सिलोना स्थित Campo TARR, Vall d’Hebron Bcn मा हुने प्रतियोगिताको विजेतालाई ७०१ युरो तथा उपविजेतालाई ४०१ युरो पुरस्कार राखिएको छ । प्रतियोगितामा सर्वोस्त्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर तथा सर्वाधिक गोलकर्ता खेलाडीलाई समेत पुरस्कारको ब्यवस्था गरिएको छ । प्रतियोगितामा सहभागी बन्नका लागि दर्ता शुल्क १५० युरो राखिएको छ ।
साथै उक्त अबसरमा नेपाली परिकार सहितका खानाका स्टलहरु राखिने र नेपाली मौलिक संस्कृति झल्काउने सांकृतिक नृत्यहरु समेत प्रस्तुत गरिने तमु समाजले जनाएको छ । बेलुका पाँच बजेदेखि शुरु हुने कार्यक्रममा सहभागी हुन सबै स्पेनबासी नेपालीहरुलाई तमु समाज बार्सिलोनाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *