• Mon. Apr 29th, 2024

SPAIN NEPAL COM

एनआरएनए यूरोप संयोजकमा मुक्त बहादुर गुरुङको उम्मेदवारी

Byspainnepal

Sep 3, 2021

गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय परिषद्को आगामी कार्यकाल २०२१ – २३ को लागि यूरोप संयोजक पदमा बर्तमान यूरोप उपसंयोजक मुक्त बहादुर गुरुङले उम्मेदवारी दिनुहुने भएको छ । एक दशक भन्दा लामो समयदेखि एनआरएन अभियानमा सक्रियताका साथ लागिरहेका गुरुङले एनआरएनको संस्थागत विकासका लागि प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता सहित यूरोप संयोजक पदमा उम्मेदवारी घोषणा गरेको बताउनुभएको छ । २ दशक देखि स्पेनको बार्सिलोनामा बस्दै आउनुभएका गुरुङ एनआरएनए स्पेनको २००९ – ११ कार्यकालमा उपाध्यक्ष हुनुहुन्थ्यो । त्यसपछि कार्यकाल २०१५ – १७ मा एनआरएनए स्पेनको अध्यक्ष हुनुभएका गुरुङले एनआरएनए स्पेनलाई संस्थागत गर्ने विषयमा ठुलो योगदान गर्नु भएको छ । एनआरएनए स्पेनलाई झोलामा अफिस बोकेर हिड्ने अबस्थाबाट माथि उठाएर आफ्नै कार्यालय सञ्चालनको ब्यवस्था र अरु थुप्रै संस्थागत सुधारमा आफु लागेको उहाँले बताउनुभयो । गुरुङ कार्यकाल २०१७ – १९ मा आईसीसी सदस्य हुनुभयो भने हाल यूरोप उपसंयोजक रहनुभएको छ । यूरोप उपसंयोजकको रुपमा धेरै कामहरु गर्ने योजना रहेपनि कोरोना कालले गर्दा यो बीचमा कोरोनासँग लड्ने र त्यसका बिरुद्ध लड्न सहयोग आदान
प्रदान गर्ने काममै धेरै समय बितेको उहाँले बताउनुुभयो । यूरोप उपसंयोजकको रुपमा गर्न नभ्याइएका धेरै कामहरु अब यूरोप संयोजक भएर सम्पन्न गर्ने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *