• Mon. Apr 29th, 2024

SPAIN NEPAL COM

एनआरएन स्पेनको निर्वाचनमा सर्बाधिक भोट ल्याउने अरुण घिमिरे को हुन ?

Byspainnepal

Jul 28, 2021

गैर आवासीय नेपाली संघ स्पेनको सोमबार अनलाइन मार्फत भएको निर्वाचनमा बार्सिलोनाका अरुण घिमिरेले सर्बाधिक भोट ल्याएका छन। स्पेन बसाईको भर्खरै ३ बर्ष पुरा गरेका यूबा घिमिरेले खुल्ला तर्फको सचिब पदमा प्रतिस्पर्धा गरेका थिए । उनले कुल खसेको १९ सय ४ मत मध्य ११ सय ७१ मत ल्याएका थिए । एनआरएन स्पेनको सबै क्षेत्रमा उनले सचिबमा सर्बाधिक मत ल्याएका छन। बार्सिलोनाबाट ५०१ मत ल्याएका उनले म्याड्रिडबाट २०८, कोस्ताब्लन्काबाट २०७, पाइसभास्कोबाट १६४, कानरिया/मायोर्काबाट ९१ मत ल्याएका छन।

नेपालको म्याग्दी जिल्लामा जन्मेर बागलुङ स्थायी बसोबास भएका अरुण घिमिरे सन २०१९ देखी स्पेनको बार्सिलोनामा बसोबास गर्छन ।
अङ्रेजी साहित्यमा स्नाकोत्तर गरेका उनी नेपालको स्कुले जीवनदेखी नै बिभिन्न साहित्यिक लगायत सामाजिक कार्यक्रममा सहभागी हुँदै आएका थिए ।
बिभिन्न साहित्यिक पत्रिका प्रकाशन गरी सम्पादक समेत बनेका उनी
२०१५ मा अध्ययननका लागि डेनमार्क आएका थिए र २०१९ देखी स्पेनको बार्सिलोनामा बस्दै आएका छन ।
उनी बागलुङ समाज स्पेनका सचिब समेत हुन र यहाँ रहँदै गर्दा विविध सहयोग संकलन गर्ने अभियानमा सक्रिय भएर काम गरे ।
युवाहरुलाई एनआरएन प्रति रुचि जगाउनुपर्छ भनेर र एनआरएनलाई सबैको साझा तथा अभिभाबक संस्था बनाउनुपर्छ भन्ने हेतुले आफु निर्वाचनमा होमिएको उनी बताउछन । नयाँ मान्छेले एनआरएन लगायतका संस्थामा जान सम्भव छैन भन्ने पुरानो सोचलाई आफ्नो जितले तोडेको उनी बताउछन । ‘ म मा केही सम्भावना छ भन्ने देखेर सबैले मलाई धेरै मत दिनुभयो भन्ने लागेको छ ’ उनले भने । अब यो सर्बाधिक मत आफ्नो लागि चुनौती बनेर आएको उनले बताए । ‘ मैले राम्रो काम गरेर मलाई सर्बाधिक मत दिनुहुने सबैलाई न्याय गर्नु छ ।’ उनले भने । मेरो जितले यूबाहरु र जुझारु तथा नयाँ सोच भएका ब्यक्तिहरुलाई भोलीका दिनमा सङ्संस्थामा लाग्न हौसला मिलेको उनले बताए ।

भर्खर पेपर पास भएको र पेपरको प्रोसेसमा रहेका नेपाली समुदायले भोगेको समस्या र पिडा आफुले नजिकबाट नियाल्ने अवसर पाएकोले यस बारेमा एनआरएनले पहल र सम्बोधन गर्नुपर्छ भन्ने अभिप्रायले आफु अघि बढेको उनी बताउछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *