• Wed. Apr 24th, 2024

SPAIN NEPAL COM

एनआरएन स्पेनमा शालिकराम डुम्रेको टिम विजयी, हार्नेलाई पनि समेटेर अगाडि बढ्छु– डुम्रे

Byspainnepal

Jul 27, 2021

गैर आवासीय नेपाली संघ, स्पेनको सोमबार भएको निर्वाचनमा नेपाली जनसम्पर्क समितीको तर्फबाट प्रतिधित्व गर्दै चुनावी मैदानमा उत्रीएका शालिकराम डुम्रे सहितको सवै प्यानल विजयी भएको छ । जम्मा २ हजार १९ मतदातामा १९ सय ४ मत खसेकोमा अध्यक्षमा डुम्रेले १ हजार १८ मत ल्याएर भने अर्का प्रतिस्पर्धी उत्तरकुमार राईले ८६३ मत पाए ।
आइसिसि सदस्यमा समावेशी प्यानलका दिनेश कुमार गिरी र जनसम्पर्क समितीको प्यानलका प्रकाश तिमिल्सेना विजयी भएका छन भने खुल्ला उपायक्षमा जनसम्पर्क समितीको प्यानलका सनु राउत र समावेशी प्यानलका कृष्णराम रानाभाट विजयी भएका छन् । बाँकी सवै पदहरुमा जनसम्पर्क समितीको प्यानलका उम्मेदवारहरु विजयी भएका छन् । पहिलोपटक अनलाइन मार्फत भएको एनआरएन स्पेनको निर्वाचनमा अहिलेसम्मकै धेरे मत खसेको थियो । अनलाइन भोटिङ्गको जिम्मा साइटल इलेक्सन टेक्नोलोजी एसएल कम्पनी बार्सिलोना लाई दिइएको थियो ।

त्यस्तै सचिव ग्रान कानारिया क्षेत्र दिप श्रेष्ठ, सचिव पाईस भास्को क्षेत्र दिपेन्द्र अर्याल, सहकोषाध्यक्ष शिब प्रसाद पौडेल, महिला संयोजक देवी कुमारी भण्डारी र सदस्यहरुमा ईमा सापकोटा भट्ट, जमुना देवी शर्मा, प्रकाश पुरी, कमल पराजुली र दिल बहादुर थापा निर्विरोध विजयी भएका थिए ।

नवनिर्वाचित अध्यक्ष शालिकराम डुम्रेले अब चुनावी प्रक्रिया सकिएकाले सवैलाई समेटेर अगाडी बढ्ने बताएका छन् । स्पेननेपालसँग प्रतिक्रिया दिदै डुम्रेले एनआरएनको बर्तमान कार्यसमितीको काम कारबाही स्पेनवासी नेपालीले चित्त नबुझाएकोले आफुहरुको सवै टिम विजयी भएको बताए । उनले अब यो प्रक्रियामा पराजित हुने पक्षलाई पनि समेटेर एनआरएन स्पेनलाई अघि बढाउने बताए । छिट्टै पदभार ग्रहण गरेपछि आफ्ना योजनाहरु अघि बढाउने उनले बताए । अध्यक्षका अर्का प्रतिस्पर्धी उत्तरकुमार राईले सामाजिक सञ्जाल माफर्त विजयी सवैलाई बधाई दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *