• Mon. Apr 29th, 2024

SPAIN NEPAL COM

उत्तरकुमार राईले एनआरएन अभियानमा लागेर गरेका गतिविधि (तस्विर सहित)

Byspainnepal

Jul 24, 2021

गैर आवासीय नेपाली संघ, स्पेनको आगामी जुलाई २६ तारिकमा हुन गैरहेको सातौँ राष्ट्रिय महाधिबेशनमा अध्यक्ष पदमा दावेदार उत्तरकुमार राई एनआरएन अभियानमा लागेर गरेका गतिविधीका कारण चर्चामा छन् । उनको विचार, ब्यत्तित्व र कार्यशैलीमा देखिएको निखारता र स्वतन्त्र छविका कारण स्पेनमा धेरैले आशा लाग्दो नेतृत्वको रुपमा लिएका छन् ।


अहिलेसम्म कुनै राजनितिक, क्षेत्रीय या जातीय संस्थामा नलागेर स्पेनमा स्वच्छ छवि बनाएका राईलाई सवैले साझा उमेद्वारको रुपमा समर्थन र सहयोग गर्ने बताएका छन् । एनआरएनए स्पेनको बर्तमान उपाध्यक्ष रहेका राईले एनआरएन अभियानमा आफुले अहिलेसम्म कुनै पक्षमा नलागि निश्पक्ष रुपमा समुदायको हीतमा लागेकोले आफुलाई सबैको समर्थन रहेको बताए ।

भारतले नेपालमा गरेको नाकाबन्दीको बिरुद्धमा विदेशमा पहिलो पल्ट आवाज उठाउनेक्रममा प्रर्दशन गर्दै


उनले आफु कुनै एक पक्षको मात्रै नभएर सवैको साझा उमेद्वार भएको बताएका छन् । यसअघि एनआरएनए म्याड्रिड क्षेत्रको सफल नेतृत्व गरिसकेका राईले अब पुरै एनआरएनए स्पेनको नेतृत्व गरेर समाजलाई निश्पक्षता र आदर्शको सन्देश दिने बताएका छन् । उनले एनआरएनएको नेतृत्वका लागि आफु अध्यक्ष हुनका लागि मात्रै उमेद्वारी दिएको नभै एनआरएनए र स्पेनको नेपाली समाजको बारेमा एउटा सपना र भिजन लिएर आएको बताए ।


उनले आफ्नो प्रमुुख उद्देश्य भनेको नै एनआरएनएलाई विशुद्ध सामाजिक संस्थाको रुपमा अघि बढाउने रहेको बताएका छन् । यस्तै युवा र नयाँ पुस्तालाई एनआरएन अभियानमा आकषर््िात गर्ने खालका विभिन्न नयाँ योजना र कार्यक्रम आफुसँग रहेको उनले बताए । यस्तै एनआरएनएलाई दोश्रो पुस्तामा हस्तान्तरणका लागि बाटो खोल्न, नेपाली र स्पानिस समुदायबीच सम्बन्ध बढाउन, नेपालीहरुको समस्यामा एनआरएनएले मुख्य अभिभाबकको भुमिका निभाउन, नेपालको पर्यटन प्रर्बद्धनका लागि नेपाल र स्पेनको बीचमा पुलको काम गर्ने उनले बताएका छन् ।

कोस्टाब्लान्कामा स्वर्गीय भविस्यता न्यौपानेको परिवारलाई सहयोग हस्तान्तरणको क्रममा समवेदना ब्यक्त गर्दै


नेपालको पुर्वी धरानमा जन्मिएका राई विगत २४ वर्षदेखि स्पेनको म्याड्रिडमा बस्दै आएका छन् । हाल म गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, स्पेनको उपाध्यक्ष रहेका राई नेपालीका विभिन्न समस्यामा संस्थागत रुपमा हातेमालो गर्न र मातृभुमी नेपालका लागि आवश्यक परेको बेलामा सहयोगको लागि अभियानमा सधै अग्रभागमा रहेर काम गरिरहेका छन् । एनआरएनए क्षेत्रीय समिती म्याड्रिडको अध्यक्षको रुपमा रहँदा स्पेनको समुदाय र सरकारी निकायसँग मिलेर उनले नेपाली समुदायका लागि धेरै उदाहरणीय काम गरेका छन् ।

नेपाली दुतावासले गरेको नेपालमा लगानी प्रर्बद्धन विषयक कार्यक्रममा स्पानिस ब्यवसायीलाई प्रोत्साहित गर्न सहभागि हुँदै


लामो समयदेखि स्पेनमा रहेकोले उनले नेपाली समुदायमा मात्र नभै यहाँको स्पानिस समुदायसँग पनि विभिन्न तरिकाले ब्यक्तिगत र संस्थागत रुपमै जोडिएर काम गरेका छन् । यसले नेपाली समुदायलाई यहाँको स्पानिस समुदायसँग घुलमिल बनाउने र नेपाली समुदाय र स्पानिस समुदायलाई जोड्ने पुलको काम गर्न सफल भएको उनको भनाई छ । राईले करिब ८ वर्षसम्म स्पानिस मजदुर संगठन ९युजिटी० प्रतिस्ठान अध्यक्ष भएर नेपाली, स्पानिस र अरु विदेशी कामदारको पक्षमा समेत धेरै काम गरेका छन् । स्पानिस भाषा सिकाइका लागि सवै तहको अध्ययन पुरा गरिसकेका राईले यहाँको चर्चित पत्रिका एल पाइसको लागि भाषा अनुवादकको काम पनि गरेका थिए ।

नेपाली दुतावासमा एनआरएन डेस्कको स्थापनाका लागि पहल गर्दै, उक्त डेस्कले १५० भन्दा धेरैलाई कागजी काममा सहयोग गरेको छ र यो क्रम जारी छ ।

एनआरएन अभियानसँग जोडिएर नेपाली समुदायसँगै यहाँको विभिन्न स्थानीय संघसस्था र गतिविधिमा जोडिएर मैले नेपाली समुदायको चिनारी र नेपालीको इज्जत, सम्मानका लागि पनि भुमिका खेलेको उनले बताए छन् । गैर आवासीय नेपाली संघ, स्पेनको यही जुलाई २६ तारिकमा हुन लागेको अधिबेशन मार्फत समाजसेवाको आफ्नो लगावलाई थप हौसला प्रदान गर्न आगामी कार्यकाल २०२१–२३ को लागि अध्यक्ष पदमा सहयोग गर्न उनले सवै स्पेनबासी नेपालीसँग आग्रह गरेका छन् ।

तत्कालिन खेलकुद मन्त्रीसँग नेपालको खेलकुद विकासका लागि स्पेनबाट हुन सक्ने सहयोगकाबारेमा कुराकानी गर्दै


आफु ब्यक्तिमा भन्दा पनि समाज र समुदायमा विश्वास गर्ने ब्यक्ति भएकोले विभिन्न बाहानामा विभाजित भएर अगाडी बढ्दा त्यसको फाइदा केही ब्यक्तिलाई भएपनि त्यसको नोक्सान समुदायलाई हुने भएकोले सहि र सत्यको पक्षमा लाग्न उनले सवैलाई आग्रह गरेका छन् ।

भिजिट नेपालका सन्दर्भमा नेपाल प्रबद्र्दनका लागि सम्बोधन गर्दै
कोभिडको समयमा एनआरएनको क्षेत्रीय समिती समेत नभएका कोस्टाब्लान्का, फोरतेभेन्तुरा, मार्योका लगायतका स्थानमा समेत राहत वितरणमा मुख्य भुमिका खेलेको
स्पेनमा रहेका मजदुरहरुको विषयमा भएको कार्यक्रममा सहभागी हुँदै । उत्तरकुमार राई विगतमा स्पानिस मजदुर संगठन युजिटीको प्रतिष्ठान अध्यक्ष समेत रहेका थिए ।
नेपालमा भुकम्प गएको बेला सहयोगका उठाउन खटिएको क्षण
स्पानिस शेर्पा भनेर चिनिने पर्वतारोही कार्लोस सोरियासँग नेपालको पर्यटन विकासबारे छलफलपछि लिइएको तस्विर
एनआरएनको तर्फबाट नेपालमा कोभिड बिरुद्धको स्वास्थ्य सामाग्री पठाउने अभियानको मुख्य नेतृत्व गरी एअरपोर्टमा सामाग्री हस्तान्तरण गर्दाको क्षण
तत्कालिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई स्पेनमा स्वागत गर्दै
तत्कालिन वातावरण मन्त्री शक्ति बस्नेतलाई स्पेनमा स्वागत गर्दै भिजिट नेपालको सन्दर्भमा छलफल गर्दे
स्पेनको बस्क कन्ट्री सरकारसँग नेपाललाई सहयोग गर्नेबारे छलफल
लुम्विनी गार्डेन फाउन्डेशनको आयोजनामा भएको कार्यक्रममा सहभागि हुने क्रममा राष्ट्रिय सभाका अध्यक्षलाई स्वागत गर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *