• Sat. Apr 27th, 2024

SPAIN NEPAL COM

गैर आवासीय नेपाली संघ म्याड्रिडको पाचौं अधिवेशन सम्पन्न

Byspainnepal

Jun 13, 2021


  गैर आवासीय नेपाली संघ म्याड्रिडको पाचौं अधिवेशन सभ्य र भव्यताका साथ सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघ म्याड्रिडका नि:वर्तमान अध्यक्ष सुजिल गोले को सभापतित्व  समपन्न कार्यक्रममा गैर आवासीय नेपाली संघ,स्पेनका वर्तमान अध्यक्ष दिनेश गुरुङ्गको प्रमुख अतिथि,नेपाली राजदूतावास स्पेनका प्रथम‌ सचिव अर्जुन अधिकारी विशेष अतिथि,लुम्बिनि गार्डेन फाउडेसनका महासचिव  एकराज गिरि विशेष अतिथि ,गैर आवासीय नेपाली संघ स्पेनका उपाध्यक्ष उत्तर कुमार राई विशेष अतिथिको भूमिकामा रहनुभएको थियो । कोरोनाको कारण साझा भेलाहरुमा कडाई गरिएको कारणले सामाजिक दुरी र सतर्कताका साथ कार्यक्रम सञ्चालन गरिएको थियो।
मिति ०६/०६/२०२१ का दिन २०२१/२३ का लागि गैर आवासीय नेपाली संघ म्याड्रिडको कार्यसमिति निर्विरोध मनोनित भएतापनि आज मात्र औपचारिक रुपमा घोषणा गरिएको थियो ।निर्विरोध मनोनित नयां कार्य समिति नामावली यस प्रकार रहेको छ:
१)मेघनाथ ढकाल : अध्यक्ष
२)देवि शर्मा : उपाध्यक्ष
३)सागर श्रेष्ठ भोटे : सचिव
४)मन माया राई : सह सचिव
५)ज्योति पुलामि मगर : कोषाध्यक्ष
६)झरना गुरुङ्ग : महिला संयोजक
७)विरु गुरुङ्ग : सदस्य
गैर आवासीय नेपाली संघ म्याड्रिडका सचिव सागर श्रेष्ठ भोटे उत्कृष्ठ तरिकाले कार्यक्रमा सञ्चालन गर्नुभएको थियो ।
गैर आवासीय नेपाली संघ म्याड्रिडका निवर्तमान अध्यक्ष सुजिल गोलेका अनुसार एनआरएनए क्षेत्रीय समिति म्याड्रिड (NRNA Madrid) को पाचौं  अधिवेशन यहि २०२१ जून २० तारिख आइतबारका दिन हुने  भनिएता पनि केहि  प्राविधिक कारणले साथै हलको अभावले  जुन१३ तारिख अर्थात् आज सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *