• Tue. Apr 23rd, 2024

SPAIN NEPAL COM

अन्तर्राष्ट्रिय हवाई सेवा पुनः सञ्चालन गर्ने सीसीएमसी निर्देशक समितिको निर्णय

Byspainnepal

Jun 17, 2021

कोभिड-१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निश्चित देशको हवाई सेवा पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
निर्णयअनुसार अब अधिक संख्यामा नेपाली श्रमिक रहेका टर्की, कतार, साउदी अरेबिया, यूएई, जापान र मलेसिया जस्ता देशहरुमा हवाई उडान पुनः सञ्चालन गरिनेछ । यी देशहरुबाट सातामा दुई हजारभन्दा यात्रु नबढ्ने गरी हवाई उडान सञ्चालन हुने सीसीएमसी निर्देशक समिति सचिवालयले जनाएको छ ।
बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटल क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ । कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *