• Mon. Apr 29th, 2024

SPAIN NEPAL COM

नेपालमा सहयोग गर्न दुतावासको सक्रियता, एनआरएन स्पेनले गर्यो सहयोग आब्हान

Byspainnepal

May 13, 2021


कोरोना भाइरसको दोस्रो लहरसँग जुधिरहेको नेपालमा सहयोग गर्न नेपाली दुतावास स्पेनले सक्रियता बढाएको छ । दुतावासले स्पेन सरकारलाई सहयोग गर्न औपचारिक रुपमा आग्रह गरिसकेको राजदुत दावाफुटी शेर्पाले जानकारी दिनुभयो । स्पेनको सरकारको तर्फबाट सहयोगको लागि कुटनीतिक रुपमा पहल भैहेको उहाँले बताउनुभयो । साथै दुतावासले स्पेनको सरकारी निकाय, संघसस्था र यहाँ स्थित नेपाली समुदायबाट सहयोग संकलन गरेर कसरी नेपालमा पठाउने भन्नेबारे बृहत छलफल गर्न शुक्रबार बिहान सर्बपक्षीय बैठक बोलाएको छ । जुम माफर्त हुने उक्त बैठकमा सहभागी भै आफ्ना सुझाव दिन स्पेन स्थित संघसस्थाका प्रतिनिधी र सवै नेपाली समुदायलाई दुतावासले आग्रह गरेको छ । यस्तै नेपालमा अत्याबश्यक अक्सिजन लगायत मेडिकल सामाग्री सहयोग गर्न एनआरएनए स्पेनले नेपाली समुदायसँग सहयोगको आब्हान गरेको छ । बिहिबार भएको संघको आकस्मिक बैठकले तत्काल सहयोग संकलन गरी नेपालमा अक्सिजन सिलिन्डर लगायतका सामाग्री पठाउने निर्णय गर्दै सहयोगको आब्हान गरेको हो । बैठकमा अध्यक्ष दिनेश गुरुङ्गले यसअघिका विभिन्न बिपतका समयमा जस्तै यसपटक पनि स्पेनबासी नेपाली समुदायले सहयोग गर्ने विश्वास ब्यक्त गर्नु भएको छ । उहाँले भोली शुक्रवार नै सहयोग संकलनका लागि बैक खाता निर्माण गरि सार्वजनिक गरिने बतनाउनुभयो । साथै संघले शुक्रवार नै सहयोग संकलनका लागि आब्हान र समन्वय गर्न स्पेन स्थित सवै संघसस्थाहरु समेतको बैठक आब्हान गरेको छ ।

आकस्मिक बैठकमा एनआरएनए युरोप उपसंयोजक मुक्त गुरुङ्गले नेपालमा अहिले तत्काल आबश्यक रहेको अक्सिजन सिलिन्डर पठाउनका लागि धेरै भन्दा धेरै आर्थिक संकलन गर्न आब्हान गर्नु भयो । एनआरएनए केन्द्रले ओमानबाट सिलिन्डर पठाएको भन्दै उहाँले स्पेनबाट पनि सहयोग संकलन गरेर जुन देशबाट पठाउन सहज र छिटो हुन्छ त्यसै गरी पठाउनुपर्ने सुझाब दिनुभयो । यस्तै आइसिसी सदस्य सुनिल रानाभाटले जति सक्दो छिटो सहयोग संकलन गरेर नेपालमा सहयोग पठाउनुपर्ने बिचार राख्नुभयो । एनआरएनए स्पेनका सदस्य शालिकराम डुम्रेले एनआरएनएले यसअघि कोभिड राहतको लागि उठाएको कोभिड खाताको रकम पनि अहिलेको सहयोग रकममा थपेर नेपालमा सहयोग गर्नुपर्ने बताउनुभयो । यसबारेमा बैठकममा सहभागीहरुको सहमती देखिएको छ । यस्तै बैठकमा उपाध्यक्ष उत्तरकुमार राईले आफुले स्पेन स्थित विभिन्न सरकारी निकाय र संघसंस्थासँग पनि सहयोगका लागि समयन्वय गरिरहेको र सकारात्मक जवाफ आएको जानकारी दिनुभयो । बैठकमा एनआरएनका संरक्षक अनिल गुरुङ्गले पनि आफुले विभिन्न पक्षसँग सहयोगको लागि पहल गरिरहेको भन्दै स्पेनबाटै सिलिन्डर नेपाल पठाउन असहज भए जुन देशबाट पठाउन छिटो र सहज हुन्छ त्यसै गर्नुपर्ने सुझाव दिनुभयो । नेपाली जनप्रगतीशिल मञ्चका युरोप महासचिव गंगा भुषालले नेपालमा अहिले आएको दुखद अबस्थामा अरु सवै कुरालाई बिर्सेर सहयोगका लागि लाग्न सबैजनालाई आग्रह गर्नुभयो ।
एनआरएनए क्षेत्रीय समिती कोस्टाब्लान्काका अध्यक्ष सुरेन्द्र भुजेल थापाले आफुहरुले त्यस क्षेत्रका सरकारी निकाय, संघसस्था र नेपाली समुदायसँग सहयोग उठाउन पहल शुरु गरेको जानकारी दिनुभयो । यस्तै क्षेत्रीय उपाध्यक्ष तुल्सी गुरुङ्ग, सचिव दीप श्रेष्ठ लगायतले पनि आआफ्नो क्षेत्रबाट सहयोग संकलनका लागि पहल गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *