• Wed. Apr 24th, 2024

SPAIN NEPAL COM

ईयुले नेपाललाई २० लाख युरोको मेडिकल सामाग्री तत्काल सहयोग गर्ने

Byspainnepal

May 13, 2021

युरोपियन युनियनले नेपालले गरेको आग्रहलाई स्विकार गर्दै तत्काल २० लाख युरो बरावरको मेडिकल तथा मानविय सहायता उपलब्ध गराउने भएको छ । कारोना भाइरसको दोस्रो लहरसँग जुधिरहेको नेपाललाई नजिकबाट नियालीरहेको भन्दै ईयुले थप सहयोग जारी राख्ने जनाएको छ ।
ईयुले आफ्नो आधिकारिक बेवसाइडमा मार्फत दिएको जानकारी अनुसार होम आइसोलुसनको मोनिटर, टेलिमेडिसिन सेवा तथा विरामीहरुलाई तत्काल अस्पतालमा लैजाने, राष्ट्रिय स्वास्थ्य आपतकालिन सुरक्षा ब्यवस्थाको विकास गर्न तथा अहिले अभाव देखिएको अन्त्यावश्यक मेडिकल सामाग्री उपलब्ध गराउन सहयोग केन्द्रित हुने ईयुुले जनाएको छ । ईयुुले अक्सिजन सिलिन्डर, अक्सिजन औजारहरु, टेष्ट किट, होम केयर किट तथा सुरक्षा किटहरुको सहयोग गर्ने जनाएको छ । यस अन्र्तगत फिनल्याडले ३ लाख ५० हजार माक्स, ५२ हजार पन्जा, ३० हजार आइसुलेसन ग्राउन सहयोग गर्ने घोषणा गरेको छ ।
नेपाल ईयुको नागरिक सुरक्षा सयन्त्रमा समावेश भएको भन्दै ईयुले नेपाललाई आफ्नो आपतकालिन रेस्पोन्स सयन्त्रले सातै दिन चौविसै घण्टा नजिकबाट निगरानी गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *