• Mon. Apr 29th, 2024

SPAIN NEPAL COM

सातै प्रदेशमा एनआरएनएले ल्यायो ‘कोभिड हटलाइन’ सेवा

Byspainnepal

May 6, 2021

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले देशका बिभिन्न शहरमा स्वास्थ्य सम्बन्धी हटलाइन (टेलिफोन सेवा) शुरु गरेको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्रगतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार संघले कोभिड १९ को महामारीमा परेका विरामीहरुको उपचारमा सहयोग गर्ने उदेश्यले विहीवार देखि देशैभरी हटलाइन सेवाको सुरुआत गरेको हो ।

नेपाल मेडिकल एशोसियन र डाफे किएरको सहकार्यमा संघले काठमाण्डौं, जनकपुर, धरान, नेपालगन्ज, विराटनगर, राजविराज, धनगडी क्षेत्रमा मोवाईल हटलाइन सेवा सुरु गरेको हो ।

हटलाइन सेवाको लागि डा. शिव श्रेष्ठ, डा. प्रमोद जोशी, डा रितेश थापा, डा. राम नरेश पण्डित, डा. बिपेश आचार्य, डा. प्रदीप मिश्र, डा. दिनेश श्रेष्ठ, डा. रइस पोखेल, डा. राजेन्द्र चौधरी, डा. राजन शर्मा लगायत करिब दुई दर्जन चिकित्सकहरु परिचालन गरिएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

नेपाल मेडिकल एशोसियनका बरिष्ठ उपाध्यक्ष डा. शिव श्रेष्ठले संघसंगको सहकार्यमा सुरु भएको हटलाइन सेवाले कोभिड १९ का विरामीलाई राहात पुग्ने विश्वास व्यक्त गरे ।

उनीले हटलाइन सुरु भएको केही घण्टामानै दर्जनौ कल आउन थालेको जानकारी दिए ।

कोभिड १९ सम्बन्धी समस्या परेका बिरामीले सिधैं ती चिकित्सकहरुको मोवाई नम्बरमा वा ९८८००३५००० मा सम्पर्क राख्न सक्ने छन् ।

यसअघि संघले विदेशस्थित नेपालीहरुको सहयोगको लागि हटलाइन सेवा सुरु गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *