• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

स्वास्थ्य संकटकाल हटेपछि आइतवारदेखि स्पेनको कुन क्षेत्रमा कस्तो नियम छ ?

Byspainnepal

May 7, 2021

कोरोना भाइरस नियन्त्रणका लागि स्पेन सरकारले लगाएकोले स्वास्थ्य संकटकाल यही मे ९, आईतवार देखि सकिदैछ । अब कानुनी ब्यवस्था अनुसार केन्द्रले प्रतिबन्धका नियम लगाउने छैन । तर स्थानीय सरकारहरुले भने स्थानीय अदालतसँग अनुमती लिएर केही प्रतिबन्धका नियमहरु लगाउनेछन् । आइतवारदेखि संकटकालको समय अबधी सकिनेभएपछि स्थानीय सरकारहरुले आइतवारपछि लागुहुने गरी फरक फरक नियमहरु घोषणा गरेका छन् । कोरोना संक्रमण कम भएका राज्यहरुले नियमलाई खुकुलो बनाएका छन् भने संक्रमण बढि भएका राज्यहरुले रात्री कालिन कर्र्फयु लगायतका केही प्रतिबन्धका नियमहरु कायम राखेका छन् । स्पेनका विभिन्न राज्यहरुले स्वास्थ्य संकटकाल सकिएपछि मे ९ तारिकदेखि लागुहुने गरी लगाएका नियमहरु यस्ता रहेका छन् ।

आन्डुलुसिया
आन्डुलुसियाले ३ फेजमा प्रतिबन्ध फुकुवाको नियम ल्याएको छ । मे ९ देखि ३१ तारिकसम्म रात्री कालिन कर्र्फयुु र बोर्डर बन्दको नियम हटाइएको छ । बार तथा रेष्टुरेन्टहरु म्धयरात सम्म खोल्न पाइने छ । भित्र एउटा टेबुलमा ८ जनासम्म बस्न पाउनेछन भने बाहिर १० जना बस्न पाउनेछन् । त्यसपछि जुन १ देखि ३० सम्म नियमहरु थप खुकुलो बनाइने छ भने तेस्रो फेजमा अबस्था सामान्य हुने छ ।

आरागोन
आरागोनमा मे ९ देखि रात्री कालिन कर्र्फयु हटाइएको छ । भने केही क्षेत्रमा परिधी लकडाउन कायम राखिएको छ ।

आस्ट्रियास
यस क्षेत्रमा आइतवारदेखि हस्पिटालिटी क्षेत्र राती १ बजेसम्म खोल्न दिइने छ । एउटा टेबलमा ६ जनालाई राख्न पाइने छ । भेला सम्मेलनमा ३०० जनासम्म भेला हुन पाइने छ ।

बालेरिक आइल्याण्ड
यस क्षेत्रमा राती ११ बजेदेखि बिहान ६ बजेसम्म कर्र्फयु कायम रहने छ । सार्वजनिक क्षेत्रमा ६ जनासम्म भेला हुन पाइने छ

बस्क कन्र्टी
यस क्षेत्रले अहिलेका नियमहरु कायम राख्न गरेको अपिललाई त्यहाँका अदालतले अस्विकार गरेको छ । यसको लागि क्षेत्र सरकारले उच्च अदालतमा अपिल नगर्ने बताइसकेकोले अहिले गरेका रात्रीकालिन कर्र्फयु र परिधी लकडाउन रहने छैन ।

कानरी आइल्याण्ड
कानरी आइल्याण्डमा अहिलेका रात्री कालिन कर्र्फयुु र एअरपार्ट र पोर्टहरुमा सुरक्षा जाँज कायम राख्ने छ ।

कान्टाबेरिया
कान्टाबेरियामा सवै ब्यवसायहरु राती साढे १० बजेखि बन्द गर्नुपर्ने छ । रेष्टुरेन्टहरुले १० बजेपछि नयाँ कस्टमरलाई लिन पाउने छैनन ।

कास्तिया ला माञ्चा
यस क्षेत्रमा अहिलेको रात्री कालिन कर्र्फयुु र परिधी लकडाउनको नियम हटाइएको छ ।

कास्तिया इ लियोन
यस क्षेत्रमा बार तथा रेष्टुरेन्टहरु राती १० बजे बन्द गर्नुपर्ने छ । यस क्षेत्रमा अरु नियमहरु पनि लगाउन लागिएका छ तर त्यहाँको अदालतले अहिलेसम्म अनुमती दिएको छैन ।

कातालोनिया
कातालोनिया क्षेत्रमा मे ९ तारिखदेखि रात्री कालिन कर्र्फयुु हटाइदैछ । रेष्टुरेन्टहरु राती ११ वजेसम्म खुल्न पाउनेछन भने अन्य पसलहरु १० वजेसम्म खुल्नेछन ।

एक्स्त्रेमादुरा
एक्सत्रेमादुरामा स्वास्थ्य संकटकाल हटेपछि आइतवारदेखि रेष्टुरेन्टहरु मध्यरातसम्म खोल्न पाइनेछ । यस क्षेत्रमा आवतजावत र हिडडुलमा लगाइएका प्रतिबन्धहरु हटाइएको छ ।

गालिसिया
यस क्षेत्रमा रात्रीकालिन कर्र्फयु र परिधी लकडाउन हटाइएको छ । संक्रमण धेरै भएका क्षेत्रमा राती ११ बजेसम्म र कम भएका क्षेत्र राती १ बजेसम्म रेष्टुरेन्टहरु खोल्न दिइने छ ।
तर स्थानीय अदालतले अहिलेका नियम जारी राख्ने गरेको अस्विकारबिरुद्ध उच्च अदालनतमा अपिल गर्ने स्थानीय सरकारले बताएको छ ।

म्याडिड
राजधानी म्याडिडमा रात्री कालिन कर्र्फयु हटाइएको छ । दुइवटा परिवारको सदस्यबीच भेला भेला हुन नपाउने नियम पनि हटाइएको छ । रेष्टुरेन्टमा भित्र ५०% र बाहिर ७५ % राख्न पाइने छ । केही क्षेत्रहरुमा परिधी लकडाउन कायम राखिएको छ ।

मुर्सिया
यस क्षेत्रमा बोर्डर आइतवारदेखि खुल्नेछन । परिधी लकडाउन र अन्य अबरोधहरु पनि हटाइएको छ । अत्यावश्यक बाहेकका ब्यबसाय पनि राती सम्म खोल्न पाइने छ ।

नाभारे
यस क्षेत्रमा राती ११ वजेदेखि बिहान ६ वजेसम्म कर्र्फयु कायम रहने छ । सार्वजनिक क्षेत्रमा ६ जनासम्म भेला हुन पाइने छ । आउटडोर डाइनिङ पनि राती १० बजेसम्म खोल्न पाइने छ ।

भ्यालेन्सिया
भ्यालेन्सियाको सरकारले राती १2 बजे देखि बिहान ६ वजेसम्म कर्र्फयु कायम गर्न अदालतमा अपिल गरेको छ । १० जनासम्म भेला हुन पाउने छन । स्थानीय अदालतले यो नियमलाई मे को 2४ तारिकसम्मको लागि मात्रै अनुमती दिएको छ । उच्च अदालतले अनुमती नदिएमा यि नियमहरु हटनेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *