• Sat. Apr 27th, 2024

SPAIN NEPAL COM

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सेना र नेपाली समुदायबीच बार्सिलोनामा अन्र्तकृया सम्पन्न

Byspainnepal

Apr 11, 2021


स्पेनको भ्रमणमा रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना र नेपाली समुदायबीच बार्सिलोनामा आइतवार अन्र्तक्रिया सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ स्पेनले उहाँलाई बार्सिलोनामा स्वागत गर्दै त्यहाँ स्थित नेपाली समुदायसँग अन्र्तक्रिया कार्यक्रम गरेको हो । उक्त अवसरमा अध्यक्ष तिमिल्सेनाले स्पेनको नेपाली समुदायमा देखिएको एकताले आफुलाई खुसी बनाएको बताउनुभयो । बिदेशमा रहेर पनि नेपालीहरुको बीचमा देखिएको एकता र देश प्रतिको मायाले आफुलाई खुसी बनाएको उहाँले बताउनुुभयो । नेपालमा पछिल्लो समयमा केही राजनीति समस्याहरु देखिएपनि ति समस्याहरु समाधानको बाटोमा गएको भन्दै उहाँले विकासका कामले गति लिइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ आइसीसी सल्लाहाकार पुष्पराज तिमिल्सेना, युरोप उपसंयोजक मुक्त गुरुङ लगायत एनआरएनए स्पेनका पदाधिकारी तथा स्पेन स्थित विभिन्न संघसस्थाका प्रतिनिधीको सहभागिता रहेको थियो । उक्त अवसरमा एनआरएनए स्पेनका अध्यक्ष दिनेश गुरुङले राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सेनालाई बार्सिलोनामा स्वागत गर्न पाँउदा खुसी लागेको बताउनुभयो ।

कोभिडको कारणले धेरै नेपाली समुदायलाई समेट्न नसकिएको भएपनि सम्भव भएसम्म धेरैलाई सहभागी गराइएको एनआरएनए स्पेनका महासचिव राज ढकालले बनाउनुभयो ।
स्पेनको काथेरेस सिटीमा बन्न लागेको लुम्विनी गार्डेनको सन्दर्भमा लुम्बिनी गार्डेन फाउन्डेशनको निमन्त्रणामा अध्यक्ष तिमिल्सेना सहित लुम्बिनी क्षेत्रका मेयरहरुको टोली स्पेन भ्रमणमा आएको हो । सो अवसरमा काथेरेसमा भएको शान्ति सम्मेलनमा त्यहाँका मुख्यमन्त्री, मयेर र अन्य पदाधिकारी सहित नेपालमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सेना समेत अतिथिको रुपमा सहभागी हुनुभएको थियो । उहाँहरुलाई स्पेनका प्रथम उपप्रधानमन्त्री कारमेन काल्भोले स्पेनको एक्स्त्रेमादुरमा स्वागत गर्नु भएको थियो । अध्यक्ष तिमिल्सेनाले यहाँका समकक्षीसँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उहाँहरु भोली सोमवार नेपाल फर्कनुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *