• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

राष्ट्रिय सभाका अध्यक्षलाई पर्बत समाज स्पेनद्वारा बार्सिलोनामा स्वागत

Byspainnepal

Apr 12, 2021

पर्वत समाज स्पेनले स्पेनको भ्रमणमा रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई बार्सिलोनामा स्वागत तथा अन्र्तक्रिया कार्यक्रम गरेको छ । उहाँको स्वागतार्थ पर्बत समाज स्पेनले एक कार्यक्रमको आयोजना गरी उहाँको स्वागत गर्दै सम्पूर्णमा आउँदै गरेको नयाँ बर्ष २०७८ को शुभकामना ब्यक्त गरेको छ। उक्त कार्यक्रममा एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद सल्लहाकार, अन्तरास्ट्रिय पर्बत समाज सल्लाहकार तथा पर्बत समाज स्पेनका संस्थापक सल्लाहकार पुष्पराज तिमिल्सिना, पर्बत समाज स्पेनका संस्थापक अध्यक्ष तथा संरक्षक ओमर गुरुङ, एनआरएनए स्पेनका अध्यक्ष दिनेश गुरुङ, एनआरएनए आइसीसि सदस्य सुनिल रानाभाट,मानार्थ सदस्य दावा ऋषि श्रेष्ठ लगायत स्पेनका बिभिन्न संघसस्थाका पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो।

उक्त अबसरमा अध्यक्ष तिमिल्सेनाले आफ्नो जन्मस्थान रहेको पर्बत जिल्लाबासीलाई युरोपको शहर बार्सिलोनामा भेट्न पाउँदा खुसी लागेको भन्दै पर्बत जिल्लाको समग्र बिकाशका बिभिन्न गतिबिधिहरुमा आफ्नो बिशेष उत्सुकताका साथ ध्यान रहनेगरेको बताउनुुभयो। पर्बत समाज स्पेनका संस्थापक सल्लाहकार पुष्पराज तिमिल्सिनाले सन् २०१६मा आफ्नै उपस्थितीमा पर्बत समाज स्पेनको सुरुवात भएको क्षणको स्मरण गर्दै आगामी दिनमा पनि समाज यसैगरी अगाडी बढोस् र आफ्ना उदेश्यमा पुग्न सफल रहोस भन्ने शुभकामना ब्यक्त गर्नुभयो। त्यसैगरी, एनआरएनए स्पेनका अध्यक्ष दिनेश गुरुङले पर्बत समाज स्पेन, भैपरी आएका जुनसुकै बेलामा पनि स्पेन स्थित अन्य संघ संस्थाहरुसंग हातेमालो गर्दै अगाडी बढेको र एनआरएनए स्पेनका विभिन्न सहयोग कार्यक्रमहरुमा समेत ऐकबद्धता जनाएकाको भन्दै समाजलाई धन्यवाद दिनुभयो।

कार्यक्रममा अन्तरास्ट्रिय पर्बत समाजका तर्फबाट र पर्बत समाज स्पेनका अध्यक्ष दिनेश राज रेग्मीका तर्फबाट प्राप्त शुभकामना सन्देश पढेर सुनाइएको थियो।

समाजका बरिष्ठ उपाध्यक्ष्य सन्तोष पौडेलको अध्यक्ष्यतामा भएको उक्त कार्यक्रम महासचिब अनन्त लामिछानेले कार्यक्रम संचालन गर्नुभएको थियो। त्यसैगरी समाजकै उपाध्यक्ष अन्जु तिमिल्सिना अधिकारीले सवैलाई स्वागत गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *