• Tue. Apr 30th, 2024

SPAIN NEPAL COM

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सेना सहितको उच्च स्तरीय टोली अर्को हप्ता स्पेन आउँदै

Byspainnepal

Apr 1, 2021


नेपालको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना सहितको उच्च स्तरीय टोली अर्को हप्ता स्पेन भ्रमण आउने भएको छ । स्पेनको म्याड्रिडमा रहेको लुम्विनी गार्डेन फाउन्डेसनको निमन्त्रणामा स्पेन आउन लागेको नेपाली उच्च स्तरीय टोलीले यहाँका विभिन्न पक्षसँग अन्र्तक्रिया तथा भेटघाट गर्ने छ । अप्रिल ७ गते स्पेन आइपुग्ने भ्रमण टोलीमा अध्यक्ष तिमिल्सेना सहित लुम्बिनी क्षेत्रका मेयरहरुको सहभागिता रहेको छ । उक्त टोलीमा लुम्बिनी नगरपालिकाका मेयर मनमोहन चौधरी, रामग्राम नगरपालिकाका मेयर नरेन्द्र गुप्ता, कपिलवस्तुका मेयर किरण सिंह, देवदहका मेयर हिराबहादुर खत्री, देबदह नगरपालिकाका उपमेयर बिद्या लक्ष्मी गुरुङ, लुम्विनीका कार्यकारी प्रमुख शिबप्रसाद रेग्मी, संघीय संसद सचिवालय सदस्य सपना सापकोटा, लुम्बिनी गार्डेन प्रोजेक्टका प्रमुख आर्कीटेक्ट उज्वलमान शाक्य, लुम्बिनी गार्डेन फाउन्डेसनका उपाध्यक्ष गोबिन्द सुबेदी, लुम्बिनी गार्डेन फाउन्डेसनका प्रमुख संरक्षक निरज श्रेष्ठ लगायतको सहभागिता हुने लुम्बिनी गार्डेन फाउन्डेसनका महासचिब एकराज गिरीले जानकारी दिनुभयो । उक्त भ्रमणका अबसरमा अध्यक्ष तिमिल्सेनाको प्रमुख आथित्य र स्पेनको एक्स्त्रेमादुरा राज्यका पे्रसिडेन्ट गुइलेरमो फेरनान्देज भाराको विशेष आथित्यमा अप्रिल ८ तारिकमा शान्ति सम्मेलन हुने गिरीले जानकारी दिनुभयो । फाउन्डेसनले एक्स्त्रेमादुरामा लुम्बिनी गार्डेन बनाउने प्रोजेक्ट शुरु गरेको छ ।
करिब एक हप्ताको भ्रमणका लागि आउन थालेको नेपाली उच्चस्तरीय टोली म्याड्रिड, बार्सिलोना, एक्स्त्रेमादुरा लगायतको भ्रमण गरी यहाँका नेपालीहरुसँग भेटघाट समेत गर्ने उहाँले बताउनुभयो । उच्चस्तरीय टोलीको भ्रमणका लागि तय भएका सवै कार्यक्रमको विवरण केही दिनमा सार्वजनिक गरिने गिरीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *