• Sun. Apr 28th, 2024

SPAIN NEPAL COM

एनआरएनएद्धारा आइएलओ परियोजनामा भएको खर्च विवरण सार्वजनिक

Byspainnepal

Mar 25, 2021

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अन्तर्राष्ट्रिय दातृ निकायहरुसँगबाट प्राप्त करिब रु १० करोड बराबरको गैरआवासीय नेपाली श्रमिकहरुका लागि राहत तथा उद्दार कार्यक्रम भएको खर्च पूर्ण विवरण सार्वजनिक गरेको छ ।

गैरआवासीय नेपाली संघले विहीवार अन्तर्राष्ट्रिय र राष्ट्रिय समन्वय परिषद्हरुबाट १३ करोड रुपैया र यूएन अन्तर्गतका निकायबाट प्राप्त १० करोड गरी २३ करोड रुपैया बराबरको रकम परिचालनको विवरण सार्वजनिक गरेको हो ।

विगत केही हप्ता देखी संघका केही पदाधिकारी र केही अनलाइन मिडियाले कपोकल्पित समाचार प्रकाशन गरे पछि संघले खर्चको विवरणपूर्ण रुपमा पारदर्शि भएको सर्वसाधारणको जानकारी दिएको हो ।

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक कोभिड–१९ रोकथाम उच्चस्तरीय समिति गठन भई राहत, घर फिर्ति तथा पुर्नस्थापनाका लागि कार्यपत्रतयार गरियो र यसै कार्यपत्रको आधारमा नेपाल सरकार र विदेशस्थित नेपाली नियोगसँग सहकार्य गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

“नेपालीका लागि नेपाली” भन्ने मुख्य अवधारणा मनन गर्दै राष्ट्रिय समन्वय परिषद्बाट प्राप्त सहयोगबाट विभिन्न ५० देशका कम्तिमा पनि ३ सय भन्दा बढी शहरहरुमा रहेका करिब १ लाख ७० हजार भन्दा बढी नेपालीहरु प्रत्यक्ष लाभान्वित भएको संघले जनाएको छ ।

जसका लागि २५ सय भन्दा बढी स्वयंसेवकहरुले दिनरात सेवा दिइरहेका छन् । गैरआवासीय नेपालीहरुको मानसिक स्वास्थ्यलाई विशेष ध्यानमा राखेर संघले टेलि –स्वास्थ्य र मानसिक स्वास्थ्य परामर्शको कार्यक्रम सञ्चालन गरेको छ ।

संसारभर २०० भन्दा बढी स्वास्थ्यकर्मीले निशुल्क सेवा उपलब्ध गराएका छन् । विभिन्न देशका नेपालीहरुको सहयोगबाट नेपाल सरकारलाई एनटिजेन टेष्ट किट, पीपीई, आई आर गन, सुज, कभर, के एन–९५ माक्स जस्तासामग्रीहरु उपलब्ध गराएको संघले जनाएको छ ।

हालसम्म कोभिड–१९ सम्बधित कारणले नेपाल बाहेक २१ देशक करीव ३४१ जना नेपालीहरुको मृत्यु भईसकेको छ भने ५३ देशमा ६३ हजार ३ सय ७ जना नेपाली संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *