• Tue. Apr 23rd, 2024

SPAIN NEPAL COM

भारतद्वारा खोप निर्यातमा रोक, नेपालसहितका देशलाई प्रभाव पर्ने

Byspainnepal

Mar 25, 2021


भारतले अक्सफोर्ड-आस्ट्राजेनका खोपको निर्यातमा अस्थायी रोक लगाएको छ । कोभिड-१९ संक्रमितको संख्या बढिरहेकाले घरेलु माग बढ्ने भन्दै निर्यातमाथि रोक लगाइएको भारतीय सरकारी अधिकारीहरुले बताएका छन् ।

भारतको यो कदमले अप्रिलको अन्त्यसम्म आपूर्तिमा असर गर्ने ठानिएको छ । यसले कोभ्याक्स योजनाअन्तर्गत रहेका नेपालसहित करिब १९० राष्ट्रलाई असर गर्नसक्ने सम्भावना छ । विश्व स्वास्थ्य संगठनको नेतृत्वमा रहेको यो योजनाले सबै देशहरूमा खोप निष्पक्षरूपमा बाँडियोस् भन्ने उद्देश्य राखेको छ ।

भारतको सबैभन्दा ठूलो खोप निर्माता सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआइ)ले थुप्रै देशमा आस्ट्राजेनेका खोप पठाउने काममा ढिलाइ गरेको छ । हालैका दिनमा त्यसको मारमा यूके र ब्राजिल परेका छन् । भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोड भन्दा बढी खोप निर्यात गरिसकेको छ र त्यसमा धेरै अक्सफर्ड-आस्ट्राजेनेकाकै खोप परेको छ ।

भारतभित्रै संक्रमितहरू तीव्र रूपमा बढिरहेका बेला भारतले यो निर्णय गरेको हो । यो वर्ष सबैभन्दा धेरै संक्रमित संख्या बुधबार देखियो । जुनदिन ४७ हजारभन्दा बढी नयाँ संक्रमित थपिए भने २७५ को मृत्यु भएको छ ।

भारतले अप्रिल १ तारिखबाट ४५ वर्षमाथिकालाई खोप कार्यक्रम सुरु गर्न लागेकाले पनि अधिकारीहरूले माग बढ्ने ठानेका छन् । ‘निर्यात रोक्ने अस्थायी उपाय हो । घरेलु मागले पहिलो प्राथमिकता पाउनुपर्छ,’ विदेशमन्त्रालय स्रोतले भन्यो । विदेशमन्त्रालयको वेबसाइट अनुसार बिहीबार यता भारतले कुनै निर्यात गरेको छैन । निर्णयबारे सरकार वा एसइइका अधिकारीले कुनै प्रतिक्रिया जनाएका छैनन् । –बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *