• Sun. Apr 28th, 2024

SPAIN NEPAL COM

एस्ट्राजेनेका भ्याक्सिन सुरक्षित र भरपर्दो रहेको इयुको निश्कर्ष

Byspainnepal

Mar 18, 2021


युरोपियन युनियनको औषधी नियामक निकाय इएमएले एस्ट्राजेनेका भ्याक्सिन सुरक्षित र भरपर्दो रहेको निश्कर्ष निकालेको छ । उसले उक्त भ्याक्सिन लिएका केही ब्यक्तिमा देखिएको रगत जम्ने समस्या र त्यसमा भ्याक्सिनको सम्बन्धका बारेमा अध्ययन जारी राख्ने भन्दै बिहिबार उक्त खोप अभियानलाई निरन्तरता दिन भनेको छ । १३ युरोपियन देशहरुले उक्त भ्याक्सिन अभियानलाई रोकेपछि इयुले प्रारम्भिक अध्ययनबाट उक्त निश्कर्ष निकालेको जनाएको छ । विश्व स्वास्थ्य संगठनले बुधवार नै उक्त भ्याक्सिन अभियान नरोक्न आग्रह गरेको थियो । उक्त भ्याक्सिन रोकेपछि युरोपका धेरै देशहरुमा खोप अभियान प्रभावित भएको छ । जर्मनी, इटाली , फ्रान्स लगायतका देशले इउमएको अनुसन्धान रिपोर्टलाई पर्खने बताएका थिए । एस्ट्राजेनेकाले भने अहिलेसम्म आफ्नो खोपका कारण समस्या आएको कुनै प्रमाण नभेटिएको दावी गरेको छ । अहिलेसम्म युरोपियन देश,युकेमा गरी १ करोड ७० लाखले उक्त भ्याक्सिन लिएकोमा अहिलेसम्म ३७ वटा त्यस्ता केश देखिएको भन्दै उक्त समस्या भ्याक्सिनकै कारण भएको भन्ने प्रमाण नभएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *