• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

युरोपियन देशहरुले एस्ट्राजेनेका खोप अभियान फेरी शुरु गर्ने

Byspainnepal

Mar 19, 2021


स्पेन लगायतका युरोपियन देशहरुले अक्सफोर्ड एस्ट्राजेनेका भ्याक्सिनको प्रयोग फेरी शुरु गर्ने भएका छन् । उक्त भ्याक्सिन लगायका ब्यक्तिहरुमा रगत जम्ने समस्या देखिएको भन्दै रोकेका युरोपियन देशहरुले पुन शुरु गर्ने भएका हुन् । युरोपियन युनियनको औषधी नियामक निकायले उक्त भ्याक्सिन सुरक्षित र भरपर्दो रहेको निश्कर्ष निकालेपछि सवै देशहरुले पुन प्रयोग गर्ने भएका हुन् । स्पेनले अर्को बुधवारदेखी पुन अक्सफोर्ड एस्ट्राजेनेका लगाउन शुरु गर्ने जनाएको छ भने इटाली, फ्रान्स, जर्मनी, पोर्चुगलले पनि शुरु गर्ने जनाएका छन् । स्पेनमा उक्त भ्याक्सिन यसअघि झै ५५ बर्ष मुनिका लागि लगाइने छ ।
यसैबीच स्पेनको मारवेइयामा केही दिनअघि एस्ट्राजेनेका भ्याक्सिन लिइकी एक शिक्षिकाको मृत्युमा उक्त भ्याक्सिनको सम्बन्ध नभएको त्यहाँका अधिकारहरुले जनाएका छन् । ब्रेन ह्याम्रेजका कारण मृत्यु भएककी ४३ बर्षिय शिक्षिकामा रगत जम्ने समस्या पनि नदेखिएको र एस्ट्राजेनेका भ्याक्सिन लिएको कारणले मृत्यु भएको भन्ने कुरा पुष्टि हुन नसकेको त्यहाँको पत्रिका सुर ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *