• Sun. Apr 28th, 2024

SPAIN NEPAL COM

स्पेनमा इच्छा मृत्युको कानुन पारित, इच्छा मृत्युलाई रेगुलेट गर्ने पाँचौ देश

Byspainnepal

Mar 18, 2021


स्पेनको तल्लो सदनले बिहिवार इच्छा मृत्युको अधिकार सम्बन्धि कानुनलाई पारित गरेको छ । सरकारको नेतृत्व गरिरहेको पार्टी पेसोइले अघि बढाएको उक्त कानुनको पक्षमा २०२ र विपक्षमा १४१ मत परेको थियो । उक्त कानुन पारित भएसँगै स्पेन इच्छा मृत्युलाई कानुनी अधिकार दिने देशहरुमा नेदरल्याण्ड, बेल्जियम, लब्र्जम्बर्ग र क्यानडापछि पाँचौ देशमा परेको छ । यो कानुन ३ महिनापछि लागु हुनेछ । विपक्ष पार्टी भोक्सले भने यसको बिरुद्धमा संबैधानिक अदालत जाने यसअघि नै बताइसकेको छ । कसैलाई कुनै निको नहुने रोग लागेमा वा मरणासन्न अवस्थामा पुगेमा उसको अनुमतिमा उपचार बन्द गर्ने गरिन्छ । युथेनेसिया [इच्छा मृत्यु] यस्तो अवस्था हो, जहाँ कुनै मरणासन्न व्यक्ति मृत्युतर्फ बढेपछि औषधि दिन बन्द गरिन्छ। त्यसकारण उसको मृत्यु हुने गर्दछ।बिरामीलाई असहय पीडा भएका बिरामीले इच्छा मृत्युको लागि आवेदन दिन सक्नेछन्। इच्छा मृत्युको स्वीकार भएपछि बिरामीले मृत्युको बाटो अपनाउनेछन्।

अमेरिका र अष्टे्रलियाका केही क्षेत्रमा यसलाई कानुनी मान्यता दिइएको छ भने न्युजिल्याण्डमा नोबेम्वरदेखि उक्त कानुन लागु हुँदै छ । यस्तै पोर्चुगलको उच्च अदालतले यसलाई गैरकानुनी भनेको छ भने कोलम्बियाको अदालतले यसलाई कानुनी मान्यता दिनुपर्ने फैसला गरेको छ । अरु देशहरुमा पनि यसबारे बहस भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *