• Mon. Apr 29th, 2024

SPAIN NEPAL COM

स्पेनमा एस्ट्राजेनेका खोप लिएका एकजनाको मृत्युबारे अनुसन्धान हुँदै

Byspainnepal

Mar 17, 2021


स्पेनको मारबेइयामा एस्ट्राजेनेका खोप लिएका एक जनाको मृत्यु भएको विषयमा अनुसन्धान भैरहेको स्पेन सरकारले जनाएको छ । एक्स्ट्राजेनेका खोप लिएकी एक ४३ बर्षिय शिक्षिकाको रगत जम्ने समस्याका कारण मृत्यु भएको थियो भने अन्य दुईजनामा पनि रगत जम्ने समस्या देखिएको एएफपीलाई उद्धत गर्दै द लोकलले जनाएको छ । उक्त सवै घटनाबारे सरकारले अनुसन्धान गरिरहेको जनाइएको छ । स्पेनले एस्ट्राजेनेका खोपलाई रोक लगाएको २ दिन पछि उक्त घटना बाहिर आएको हो । यि तीनवटा घटना आइतवारदेखि मंगलबारसम्मका भएको जनाइएको छ । अक्सफोर्ड युनिर्भिसटीको उक्त खोप लगाएका ब्यक्तिमा रगत जम्ने समस्या देखिएको भन्दै जर्मनी, इटाली, फ्रान्स लगायतका देशले उक्त खोप रोक लगाइसकेका छन् । विश्व स्वास्थ्य संगठनले भने एस्ट्राजेनेका खोप लिएकामा रगत जम्ने समस्या देखिएकोबारे अनुसन्धान भैरहेको भन्दै तर उक्त खोप अभियान नरोक्न सुझाव दिएको छ ।
स्पेनमा अहिलेसम्म ९ लाख ७५ हजार ६६१ जनाले उक्त खोप लिइसकेको सरकारी आकाडा छ । स्पेनमा अहिलेसम्म ७२ हजार ५ सय जनाको कोरोना भाइरसका कारण मृत्यु भैसकेको छ भने ३२ लाख भन्दा धेरै संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *