• Sun. Apr 28th, 2024

SPAIN NEPAL COM

सगरमाथा आरोहीलाई अनुमति बिना फोटो खिच्‍न प्रतिबन्ध, अरु के-के छन् नियमहरु ?

Byspainnepal

Mar 14, 2021

काठमाडौं । सरकारले सरगमाथा आरोहणका क्रममा आरोहीहरुलाई अर्को आरोही दलको अनुमति बिना फोटो र भिडियो खिच्‍न प्रतिबन्ध लगाएको छ । विश्‍वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर कायम भएपछि पहिलो पटक सगरमाथा आरोहण खुला गरिएको हो । अप्रिलदेखि सगरमाथा आरोहण गर्न अनुमति दिइएको छ । यसअघि सगरमाथाको उचाइ ८,८४४.३३ मिटर रहेको बताइए पनि यस वर्ष गरिएको नेपाल-चीनको मापन अनुसार उचाइ ८,८४८.८६ मिटर भएको घोषणा गरिएको थियो ।
यस वर्ष सगरमाथा आरोहीहरुलाई आरोहणका क्रममा तस्बिर, भिडियो खिच्‍नका लागि अनुमति लिनुपर्ने नियम बनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गनको पर्यटन विभागले एक विज्ञप्ति जारी गर्दै आरोहीहरुले आफ्नो र आफ्नो टिमको मात्रै फोटो खिच्‍न पाउने जनाएको छ ।
तर, अन्य आरोही टोलीहरुको पनि फोटो खिच्‍ने र भिडियो बनाउने काम अनुमति लिएरमात्रै गर्न पाउने पर्यटन विभागले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “कुनै पनि पर्वतारोही दल तथा दलका सदस्य फोटो, भिडियो तथा फिल्मिङसम्बन्धी काम गर्दा आफूसम्बद्ध दल र दलका सदस्यको आरोहण गतविधिबाहेक अन्यको फोटो, भिडियो खिच्‍ने तथा फिल्मिङसम्बन्धी काम गरि त्यसको प्रचारप्रसार गर्न पाइने छैन ।”
यसअघि यसरी अन्य आरोहण दलका सदस्यहरुको तस्बिर र भिडियो खिच्‍ने गर्दा ट्राफिक जाम भएको र व्यवस्थापनमा कमजोरी गरेको भन्दै चौतर्फी आलोचना भएपछि यस्तो नियम बनाइएको पर्वारोहण शाखाकी निर्देशक मिरा आचार्यले जानकारी दिएकी छन् ।
गत वर्ष कोरोना महामारीका कारण सगरमाथा आरोहण बन्द गरिएको थियो । एक वर्षपछि पहिलोपटक सगरमाथा आरोहण खुला गरिएको हो । यस वर्ष करिब ३०० भन्दा बढी विदेशी आरोहीहरुले सगरमाथा आरोहण गर्ने अपेक्षा गरिएको छ ।
सन् २०१९ मा करिब ३८१ जनाले सगरमाथा आरोहण गरेका थिए । निर्देशक आचार्यले भनिन्, “यस वर्ष सगरमाथा आरोहणका लागि आउने विदेशीहरुले एक हप्ता क्‍वारेन्टाइनमा बस्‍नुपर्नेछ । त्यसैगरि उहाँहरुलाई आफूलाई कोरोना संक्रमण नेगेटिभ भएको रिपोर्टसमेत देखाउनुपर्छ ।
गत वर्ष कोरोना महामारि नियन्त्रण गर्ने भन्दै मार्चमा सगरमाथा आरोहण बन्द गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *