• Thu. Apr 18th, 2024

SPAIN NEPAL COM

टिचिङमा ११ महिने बालकमा कलेजो प्रत्यारोपण

Byspainnepal

Mar 14, 2021

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) महाराजगंजमा ११ महिने बालकमा कलेजो प्रत्यारोपण गरिएको छ । कलेजो प्रत्यारोपण सर्जन प्राध्यापक डाक्टर रमेशसिंह भण्डारी नेतृत्वको टोलीले प्रत्यारोपण गरेको हो ।

डाक्टर भण्डारीका अनुसार काभ्रे घर भएका ३५ वर्षीय बाबुले आफ्ना छोरालाई कलेजो दिएका हुन् । ती बालकमा जन्मदेखि नै कलेजोमा समस्या थियो । प्रत्यारोपण राति १२ बजे सकिएको थियो । डाक्टर भण्डारीको नेतृत्वमा भएको यो पाँचौं सफल प्रत्यारोपण हो ।

डाक्टर भण्डारी र उनको टिमले २०७६ जेठमा त्रिवि शिक्षण अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण गरेको थियो । कोभिड १९ संक्रमणको जोखिमका कारण केहि महिना रोकिएको कलेजो प्रत्यारोपण पुनः सुरू भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *